१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सभापतिको साझा उम्मेदवार तय गर्न चाक्सीबारीमा कांग्रेस संस्थापन इतरको बैठक सुरु



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनका लागि सभापतिको साझा उम्मेदवार तय गर्न संस्थापनइतर समूहको बैठक चाक्सीबारीस्थित नेता प्रकाशमान सिंहको निवासमा बसेको छ । 

केही समयअघि मात्र इतर समूहका केन्द्रीय सदस्यहरूसहितको बैठक सुरु भएको हो । सभापतिका आकांक्षी धेरै रहेको इतर समूहको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, प्रकाशमान सिंह, डा. शेखर कोइराला, बलबहादुर केसी, महेश आचार्य, दीपक गिरी, हृदयराम थानी, डा. मिनेन्द्र रिजाल, चन्द्र भण्डारी, रामकृष्ण यादवलगायत उपस्थित छन् ।

रामचन्द्र पौडेलसहित सिंह, डा. शेखर र डा. शशांकले सभापतिको उम्मेदवार आफू भएको भन्दै प्रचारप्रसार गरिसकेका छन् ।  सो समूहमा सभापतिमा धेरै आकांक्षी हुँदा नेताहरूबीच मत नमिलेर फेरि पनि सभापतिमा शेरबहादुर देउवा नै दोहोरिने होकी भन्ने बुझाइका साथ इतर समूहका युवा नेताहरूले दुई दिनभित्र सभापतिका साझा उम्मेदवार तय गर्न नेतृत्वलाई अल्टिमेटम दिएको छ ।