काठमाडौं साँखुस्थित आलापोटबाट रत्नपार्क आउँदै गरेको बस बौद्व टुसालमा दुर्घटना हुदाँ १८ जना यात्रु घाइते भएका छन् ।
शुक्रबार बिहान साँखु गणेश भैरव यातायातको बा४ख ५९३२ नम्बरको बस बिहान ९ः३० बजेतिर बीच सडकमै अनियन्त्रित भएर पल्टिएको महानगरीय प्रहरी वृत्त बौद्धले जनाएको छ ।
घाइतेहरुको ओम अस्पताल र स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
हाल बसका चालकलाई नियन्त्रणमा लिइएको छ ।