६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

साँखुबाट रत्नपार्क आउँदै गरेको बस बौद्व टुसालमा दुर्घटना, १८ जना घाइते



अ+ अ-

काठमाडौं साँखुस्थित आलापोटबाट रत्नपार्क आउँदै गरेको बस बौद्व टुसालमा दुर्घटना हुदाँ १८ जना यात्रु घाइते भएका छन् ।

शुक्रबार बिहान साँखु गणेश भैरव यातायातको बा४ख ५९३२ नम्बरको बस बिहान ९ः३० बजेतिर बीच सडकमै अनियन्त्रित भएर पल्टिएको महानगरीय प्रहरी वृत्त बौद्धले जनाएको छ ।

घाइतेहरुको ओम अस्पताल र स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

हाल बसका चालकलाई नियन्त्रणमा लिइएको छ ।