१७ भाद्र २०८३, बुधबार
,
Latest
कर्मचारी सञ्चय कोषद्वारा बाढीपीडितका लागि दुई करोड ५० लाख सहयोग डोल्पा तीन स्थानीय तहद्वारा पाँच लाख सहयोग भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले जनधनको ठूलो क्षतिः धुन्चेस्थित सैनिक क्याम्पमा उद्धार र राहत… जीवन परिवर्तनमा योगको असाधारण भूमिका छः मुख्यमन्त्री भट्ट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रेवानद्वारा १२ लाख २७ हजार सहयोग भोटेकोशी बाढीः विश्वसामु जलवायु न्यायको दाबी गर्न विज्ञहरुको सरकारलाई सुझाव, प्रधानमन्त्रीले स्थितिबारे जानकारी गराउनुपर्ने माग बाढी प्रभावित क्षेत्रका विद्यालय अनिश्चितकालीन बन्द आकस्मिक बाढीको उच्च जोखिम रसुवा बाढी र प्राकृतिक विपद्को पछिल्लो अवस्थाः मृतकको संख्या १११४ पुग्यो, करिव ४ हजार अझै… त्रिशूली नदीको कटानका कारण पृथ्वी राजमार्गको जवाङ खोला खण्ड भासिन शुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्व प्रेमिकाको हत्या गरेको आरोपमा मृत्युदण्ड



अ+ अ-

वासिङ्टन । दुई जनाको हत्यामा दोषी ठहर भएका एक व्यक्तिलाई संयुक्तराज्य अमेरिकाको जर्जिया राज्यमा बिहीबार मृत्युदण्ड दिइएको छ ।

जर्जिया जेल अधिकारीहरुका अनुसार बिहीबार स्थानीय समय अनुसार साँझ ९.३८ बजे ५२ वर्षिय स्कटी मोरो नामक व्यक्तिलाई मृत्युदण्ड दिइएको थियो ।

सन् १९९४ मा मोरोले पूर्व प्रेमिकाको घरभित्र प्रवेश गरी तीन जना महिलालाई गोली हानेकामा दुई जनाको मृत्यु भएको थियो । पूर्व प्रेमिकाको मृत्यु भएको उक्त गोलीकाण्डमा उनका पाँच वर्षीय छोरा बाँच्न सफल भएका थिए ।

मोरोलाई सन् १९९९ मा मृत्युदण्डको सजाय सुनाइएको थियो तर अदालती प्रक्रियाका कारण पुनः मुद्दा लम्बिएको थियो । जर्जिया सर्वोच्च अदालतले सन् १९९९ कै फैसलालाई सदर गरी मृत्युदण्डको सजाय सुनाएको थियो ।