१७ भाद्र २०८३, बुधबार
,
Latest
गुठी संस्थान, सञ्चालक समितिको अध्यक्षमा संस्कृतिविद् डा टण्डन प्रतिनिधिसभा : प्रधानमन्त्री शाहको सम्बोधन सुरु धनुषाको लक्ष्मीनिया गाउँपालिकाद्वारा करिब ३० लाख रुपैयाँ सहयोग अमेरिकाद्वारा ४० टन आपत्कालीन राहत सामग्री सहयोग अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी भाइको प्रतीक्षामा रामकुमार  कर्मचारी सञ्चय कोषद्वारा बाढीपीडितका लागि दुई करोड ५० लाख सहयोग डोल्पा तीन स्थानीय तहद्वारा पाँच लाख सहयोग भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले जनधनको ठूलो क्षतिः धुन्चेस्थित सैनिक क्याम्पमा उद्धार र राहत… जीवन परिवर्तनमा योगको असाधारण भूमिका छः मुख्यमन्त्री भट्ट
तपाईं के खोज्दै हुनुहुन्छ ?

पहिलोमा ट्रम्प र दोस्रोमा ओलीबाट प्रेसमाथि खतरा छ : कोइराला



अ+ अ-

काभ्रे । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सबैभन्दा पहिलोमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र दोस्रोमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीबाट प्रेसमाथि खतरा रहेको आरोप लगाएका छन् । उनले नेपाल र अमेरिकामा मात्रै नभई प्रेस स्वतन्त्रतामाथि विश्व भर खतरा रहेको बताए ।

प्रेस युनियन काभ्रेको छैठौं अधिवेशनमा नेता कोइरालले ट्रम्प र प्रधानमन्त्री ओलीबाट प्रेसमाथि खतरा रहेको भन्दै उनले भने, ‘मिडियामा आफूविरुद्ध वा आफूलाई मन नपर्ने समाचार आएपछि उहाँहरुले म मात्रै सत्य भनेर क्रुर बन्ने गर्नु भएको छ ।’

नेपालमा अहिले राजा महेन्द्रको भन्दा पनि क्रुर शासन चल्न थालेको भन्दै पत्रकारलाई किन डराएको भन्ने प्रश्न गरे ।