६ आश्विन २०८१, आईतवार
,
Latest
काँग्रेस–एमालेबीच लिखित समझदारी नभएको भएपनि संविधान संशोधन आवश्यक थियो: सांसद निधी मेडिकल व्यवसायी प्रसाईंलाई काठमाडौँ जिल्ला अदालतमा पेस उपलब्धिको रक्षा गर्नेगरी संविधान संशोधन भए सहयोग गर्न तयार छौँ: वरिष्ठ उपाध्यक्ष श्रेष्ठ संविधन संशोधनको कुरा गर्दा झस्किनु पर्दैन: गृहमन्त्री लेखक संविधान संशोधन सरकारको मात्रै विषय होइन: सभामुख घिमिरे गोरखा मिडिया नेटवर्कका संञ्चालक छविलाल जोशी पक्राउ आमसञ्चार माध्यम लोकतान्त्रिक शासन प्रणालीको मेरुदण्ड: राष्ट्रपति पौडेल श्रीलंकामा कुनै उम्मेदवारले पाएनन् ५० प्रतिशत मत, अब दोस्रो चरणको मतगणना हुने रामेछापमा बलेरो दुर्घटना, एकको मृत्यु, छ घाइते कोप—२९ लाई उपलब्धिमुलक बनाइन्छ: वनमन्त्री शाही
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

गरे के हुँदैन ?, खुवा बेचेर दश करोडको सम्पत्ति



अ+ अ-

चितवन । एउटै काम मिहेनतका साथ निरन्तर गरिरह्यो भने सफल भइन्छ भन्ने उदाहरण मकवानपुरको चुच्चे खोलाका एक खुवा व्यापारीले देखाएका छन्

विसं २०४० मा २० वर्षको उमेरदेखि खुवा बेच्दै आउनु भएका ५५ वर्षीय रघुनाथ तिमिल्सीनाले खुवाकै व्यापारबाट अहिले रु १० करोड बराबरको सम्पत्ति जोड्नुभएको छ ।

मकवानपुर उपमहानगरपालिका–१७ चुच्चे खोलामा ३६ वर्षअघि एउटा चियादानी र चारवटा गिलासबाट व्यवसाय शुरु गर्नुभएका उहाँले दोस्रो वर्षदेखि दूधको खुवा घोट्न शुरु गर्नुभयो । रघुनाथले भन्नुभयो, “म काभ्रेको ढुङखर्कबाट रु चार सय बाटो खर्च बोकेर यहाँ आएको हूँ ।” मकवानपुरको पहाडी क्षेत्रका १४ गाविसका मानिस हिँडेर र घोडा चढेर त्यहाँ आउने खाजा खाने गर्छन्, शुरुमा तीनैलाई खाजा खुवाउँदै गर्दा एक किलो, आधा किलो खुवा बिक्ने गरेको उहाँले बताउनुभयो ।

खुवाको प्रचार हुँदै जाँदा अहिले राजधानी काठमाडौँ, चितवन, कास्की, धनुषालगायत ठाउँमा खुवा पुग्ने गरेको जानकारी दिँदै रघुनाथले भन्नुभयो “अहिले त विदेशी पनि आउँछन्, सुदूरपश्चिम बाहेक देशैभरी हाम्रो खुवा पुगेको छ ।” दैनिक एक सय किलोसम्म खुवा बेच्ने गरेको बताउँदै उहाँले घरका सबै यही पेशामा होमिएको छन् भन्नुभयो ।

यही पेशाबाट कति कमाउनुभयो भन्ने प्रश्नमा रघुनाथले भन्नुभयो “बजारमा तीन वटा घडेरी र एक बिघा खेत किनेको छु । दुई छोराछोरी पढाएको छु यो सम्पत्ती जोड्न अहिले रु १० करोड चाहिन्छ ” गर्मी मौसममा आगोको राफसँगै कराइको दूध घोट्दा एक किलोमा रु एक सय हाराहारी बच्ने र दैनिक व्यापार एक नासको नभए पनि महीनामा रु एक लाख हाराहारी बचाउन सकिने बताउनुभयो । प्रतिकिलो रु पाँच सयमा खुवा बेच्दै आउनुभएका तिमिल्सिनाले गुदपाक र दूध पनि बेच्दै आउनुभएको छ ।