६ पुष २०८२, आईतवार
,
Latest
२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण अंगका रुपमा अघि बढाएको छः मन्त्री गौतम योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै अपी हिमालः तीन वर्षमा ५ हजार पर्यटक भित्रिए विराटनगरमा नोबेल मेडिकल कलेजको पाँचौँ तलाबाट खसेका डाक्टरको मृत्यु पूर्वप्रधानमन्त्री भट्टराई भारत जाँदै योग, ध्यान, आयुर्वेदलाई हेर्ने छुट्टै मन्त्रालय बनाइयोस्ः स्वामी आनन्द अरुण आहा ! आलिताल मौन पीडामा रहेकी कालिमायाको याचना … जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसंघमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएल : बेंग्लोर र दिल्ली बिजयी



अ+ अ-

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत शनिबार भएको पहिलो खेलमा दिल्ली कैपिटल्सले राजस्थान रोयल्सलाई ५ विकेटले हराएपछि राजस्थान प्लेआफ अर्थात अन्तिम ४ बाट बाहिरिएको छ ।

दोस्रो खेलमा रोयल च्यालेन्जर्स बेंगलोरले घरेलु मैदान चिन्नास्वामी स्टेडियमा सनराइजर्स हैदरावादलाई ४ विकेटले पराजित गरेको छ । १ सय ७६ रनको विशाल लक्ष्य पाएको बेंगलोरले १९।२ ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य पुरा गरेपछि जित हात पारेको हो ।

बेंगलोरका लागि युवा खेलाडी शिम्रन हिटमायरले ७५ रनको उत्कृष्ट योगदान गरे । उनी ४७ बलमा ४ चौका र ६ छक्का प्रहार गर्दै विजय शंकरबाट क्याच आउट भए । गुरकीरतसिंह मान र हिटमायरले १ सय ४४ रनको साझेदारी गरे । गुरकीरतसिंह ४८ बलमा ८ चौका र १ छक्का प्रहार गर्दै ६५ रनमा युसुफ पठानबाट क्याच आउट भए ।

कप्तान विराट कोहली ७ बलमा २ चौका र १ छक्का प्रहार गर्दै १६ रन बनाउँदै रिद्धीमान शाहबाट क्याचआउट भए । एवी डि भिलियर्सई १ रनमा मार्टिन गुप्टिलबाट क्याच आउट भए । हैदरावादका खलिल अहमद ३ र भुवनेश्वर कुमारले २ र राशिद खानले १ विकेट लिए ।

त्यसअघि हैदरावादले २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ७५ रन बनाएको थियो । कप्तान केन विलियम्सन ७० रनमा अविजित रहे । सर्वाधिक रन बनाउने ओपनर डेविड वार्नर र जोनी बयरस्टो अष्ट्रेलिया फर्किएपछि हैदरावादान ठूलो समस्यामा छ ।

योसँगै हैदरावादको अघिल्लो चरण कठिन बनेको छ । आईतबार मुम्बईसँग कोलकता फराकिलो अन्तरले पराजित भए नेट रन रेटमा हैदरावाद र कोलकता मध्य एक टोली प्ले अफ पुग्ने छ । कोलकता विजयी भए हैदरावादको अघिल्लो चरण समाप्त हुने छ । चेन्नई,मुम्बई र दिल्ली प्ले अफमा पुगि सकेका छन् । बेंगलोरले १४ खेलमा ५ मा जितका साथ सातौं स्थानमा रहँदै यो संस्करणको आईपीएल अन्त्य गरेको छ ।