१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar काठमाडौंमा दसैँ–तिहार लक्षित विशेष सुरक्षा योजना, ३ हजार ५ सय ६ प्रहरी परिचालन News Polar भोटेकोशी बाढी : प्रसनिसहित २५ प्रहरी अझै बेपत्ता, तीन जनाको शव फेला News Polar मतदाता सहभागिता बढाउन र बदर मत घटाउन दललाई प्रमुख निर्वाचन आयुक्त कार्कीको आग्रह News Polar नयाँबसपार्कमा यात्रु सहायता कक्ष स्थापना News Polar सभामुख अर्यालद्वारा संसदको कार्यसम्पादनको प्रशंसा, जलवायु मुद्दा प्राथमिकतामा राख्ने प्रतिबद्धता News Polar प्रतिनिधि सभाको दोस्रो अधिवेशन सम्पन्नः १४५ दिनमा १२ विधेयक पारित, विपद् व्यवस्थापनमा विशेष समितिको गठन News Polar टिपरले ठक्कर दिँदा एकको मृत्यु, पाँच जना घाइते News Polar राष्ट्रिय सभाको २१ औं अधिवेशन सम्पन्नः १४५ दिनमा ५२ बैठक, के–के भए उपलब्धि ? News Polar सात विधेयक दफावार छलफलका लागि संसदीय समितिमा पठाइयो News Polar धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध पुनः खोलिँदै News Polar ओडारमा लुकाइराखेको अवस्थामा ३ थान भरुवा बन्दुक बरामद News Polar संसदको कार्यशैलीप्रति आचार्यको प्रश्न : ‘संसद बोल्ने मञ्च मात्र हो कि समाधान खोज्ने ?’ News Polar काठमाडौं क्लाइमेट विक २०२६ सुरु, जलवायु न्यायदेखि विश्वव्यापी कूटनीतिसम्म बहस हुने News Polar दुई तिहाइको दम्भले सुशासन ओझेलमा परेको एमाले मुख्य सचेतक मेचेको आरोप News Polar सरकारको ६ महिने कार्यकाल पूर्णतः असफल : झक्कुप्रसाद सुवेदी News Polar राष्ट्रपति पौडेलसमक्ष भाषा आयोगको वार्षिक प्रतिवेदन पेश News Polar राष्ट्रिय सभाको संवैधानिक अस्तित्व र संसद्को गरिमा सरकारले उपेक्षा गर्‍यो : कमला पन्त News Polar लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको ९ वर्षपछि धनुषाका १८६ स्ववासी परिवारले पाए लालपुर्जा News Polar असोज पहिलो १५ दिनको करदाता उपहार सार्वजनिक, लालबाबु साहले पाए १० लाख बम्पर News Polar करदाता प्रोत्साहन उपहारमा १६ जना विजेता, एक जनाले जिते १० लाख

सुनचाँदी ब्यवसायीमा नीति नियमको चासो

सुनचाँदी ब्यवसायीमा नीति नियमको चासो
अ अ+ अ-

काठमाडौं । सुनचाँदी ब्यवसायीहरुले ब्यवसाय सञ्चालनका लागि प्रष्ट नीति नियम तर्जुमा गर्न सरकारसँग आग्रह गरेका छन् । महासंघका अध्यक्ष माणिक रत्न शाक्यको नेतृत्वमा गएको महासंघको प्रतिनिधिमण्डलले बुधबार वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक प्रेम कुमार श्रेष्ठ सँग भेटगरी प्रष्ट नीति वनाउन आग्रह गरेको हो । 

सुनचाँदी ब्यवसाय र यसको कारोबारका लागि हालसम्म पनि प्रष्ट नीति वन्न नसक्दा ब्यवसाय सञ्चालनमा बाधा पुगको भन्दै महासंघका अध्यक्ष शाक्यले सरकारले सुनचाँदी कारोबारको निर्देशिका बनाएमा त्यसलाई अक्षरस पालनागरी अगाडि बढ्न ब्यवसायीहरु तयाररहेको बताउनुभयो । आफुहरुले दशौं बर्षदेखि यस बिषयमा आवाज उठाउँदै आएको भएपनि हालसम्म त्यसको स्रोबोधन हुन नसकेको उहाँको भनाई छ ।

सुनचाँदी ब्यवसायीसँगको भेटकाक्रममा महानिर्देशक श्रेष्ठले कुनै पनि पेशा ब्यवसाय सञ्चालनकालागि प्रष्ट नीति नियम आवश्यक पर्ने कुरा स्वीकार गर्दै सुनचाँदी ब्यवसाय, ब्यवसायी र आम उपभोक्ता सरोकारलाई समेत समेट्ने गरी नीति वनाउन आफूले पहल गर्ने प्रतिवद्धता जनाउनुभयो । यसकालागि विभिन्न सरकारी निकायमसग्ँ समन्वय गरेर अगाडि बढ्ने बिश्वास उहाँले दिलाउनुभयो । 

भेटकाक्रममा ब्यवासायीहरुले सुनचाँदी ब्यवसायीले भोग्दै आउनुपरेका समस्याहरुका बारेमा महानिर्देशक श्रेष्ठको ध्यानाकर्षण गराएका थिए । त्यसक्रममा महासंघका निवर्तमान अध्यक्ष मोहन सुनार, वरिष्ठ उपाध्यक्ष अर्जुन रसाइली, प्रथम उपाध्यक्ष मोहन काजी शाक्य, महासचिव धर्मशुन्दर बज्राचार्य, कोषाध्यक्ष सुदिप श्रेष्ठ, मधेश प्रदेश सभापति रामजी साह लगायतका ब्यवसायीको सहभागिता रहेको थियो । 

प्रष्ट नीतिको अभावमा मुनाफा, ज्यालाजर्ती, टोलसेन्स जस्ता बिषयमा अष्प्रष्टता देखिएको छ । जसकाकारण ब्यवसायीहरु बारम्वार अप्ठ्यारो पर्ने गरेका छन् । सरकार र ब्यवसायीवीच सिघ्र नीति निर्माणगरी लागु गर्ने सहमति धेरै बर्ष अगाडि नौ भएको भएपनि हालसम्म त्यसको कार्यान्वयन हुन सकेको छैन ।