९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

प्रधानमन्त्रीको जिल्लामै नागरिकता खुलेआम बिक्री, जनप्रतिनिधिले नै किन्छन प्रहरी प्रशासन

प्रधानमन्त्रीको जिल्लामै नागरिकता खुलेआम बिक्री, जनप्रतिनिधिले नै किन्छन प्रहरी प्रशासन
अ अ+ अ-

भद्रपुर । भारतीय नागरिकलाई नेपाली नागरिकता बनाउन कागजी प्रक्रिया मिलाइदिने जनप्रतिनिधि, कर्मचारीसहित स्थानीयको नाममा झापा जिल्ला अदालतले पक्राउ पूर्जी जारी गरे पनि राजनीतिक संरक्षणका कारण प्रहरीले आरोपीलाई पक्राउ गरी कारवाही गर्न सफलता पाएको छैन ।

भारतीय नागरिक ३५ वर्षीय भुपाल गुरुङलाई नागरिकता बनाउन आर्थिक प्रलोभवनमा परी सर्जिमिनमा बस्ने स्थानीय, जन्मदर्ता बनाइ सिफारिस दिने जनप्रतिनिधि र कर्मचारीको नाममा पक्राउ पूर्जी जारी भएको एक हप्ता बिते पनि आरोपीलाई राजनीतिक संरक्षण रहँदा जिल्ला प्रहरी कार्यालय झापाले पक्राउ गरी कानुनी कारवाहीको दायरामा ल्याउन नसकेको हो ।

भुपाललाई नेपाली नागरिकता बनाउन सहयोग पुर्याउने कार्यमा फेला परेको कागजातको प्रमाण अनुसार वडाध्यक्ष, वडा सदस्य, वडा सचिव, कर्मचारी र स्थानीय गरी १० जनाको नाम उल्लेख छ । भुपालको जन्मदर्ता बनाउन स्थानीयले सहीछाप गरेको मुचुल्कामा कचनकवल–२ का कविदास गुरुङ, कविता गुरुङ, सोही ठाउँका गङ्गाप्रसाद भट्टराई, तुलसीराम गुरुङ, प्रेमप्रसाद तिम्सिना, शिवकुमार दाहाल, वडा सदस्य धनबहादुर गुरुङ, वडा कर्मचारी खगेन्द्रप्रसाद खतिवडा , वडा सचिव हरिप्रसाद गौतम र जन्मदर्ता र वंशजको नागरिकता बनाउने मुचुल्कामा सहि गर्ने वडाध्यक्ष मेखबहादुर भट्टराईलाई पक्राउ पुर्जी जारी गरिएको छ ।

यस प्रकरण पश्चात कचनकवल २ नम्बर वडा कार्यालय नेतृत्वविहिन बन्दा वडाबासीको काम ठप्प भएको छ । जनताको मतलाई पैसाको प्रलोभनमा साटेपछि वडा कार्यालय नेतृत्वविहिन बनेको हो ।

अदालतबाट पक्राउ पूर्जी जारी भएका आरोपीलाई पक्राउ गर्न इलाका प्रहरी कार्यालय बनियानीलाई पत्रचार गरिसकेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । भुपाललाई नागरिकता बनाउन सहयोग पुर्याउने काममा फेला परेको कागजात अनुसार पक्राउ पूर्जी जारी गरिएको उनको भनाइ छ । पूर्जी जारी भएका व्यक्ति प्रहरीको सम्पर्कमा नआएमा प्रहरीले पक्राउ गरी अदालत हाजिर गराउने प्रहरीको भनाइ छ । भुपाललाई वैशाख ११ गते दोहोरो नागरिकता लिने प्रयास सम्बन्धी मुद्दा दर्ता गराइसकिएको झापा प्रहरीको भनाइ छ ।


कचनकवल गाउँपालिका २ का बमबहादुर गुरुङ् र उनका श्रीमती चन्द्रकला गुरुङले आफ्नो जेठो छोरा भन्दै भारतीय नागरिक भूपालाई नेपाली नागरिकता बनाइ दिन आवश्यक कागजात पूरा गरी वैशाख १० गते वुधबार जिल्ला प्रशासन कार्यालय झापा लगेका थिए । भूपालमाथि शङ्का लागेर प्रशासन कार्यालय परिसरमा सोधपुछ गर्दा स्थायी ठेगाना भारत भएको र भारतीय मतदाता परिचयपत्र देखाएपछि घटना सार्वजानिक भएको थियो ।

नातामा छोरा भन्दै भारतीय नागरिकलाई वंशजको आधारमा नक्कली वावु बनेर नेपाली नागरिकता दिलाउन प्रशासन कार्यालयमा आएका बमबहादुर सहित भुपाललाई जिल्ला प्रशासन कार्यालय झापा परिसरबाटै बैशाख १० गते प्रहरीले पक्राउ गरेको थियो ।

भुपालको स्थायी ठेगाना भारत आसाम राज्यको मणिपुर कानकोपी जिल्ला उल्लेख छ । उनको बुबाको नाम चन्द्रबहादुर गुरुङ भएको उनको मतदाता परिचयपत्रमा उल्लेख छ । परिचयपत्र पाएपछि प्रशासन कार्यालयको आदेशमा उनलाई पक्राउ गरिएको थियो । अनुसन्धानको क्रममा भुपालले आफू भारतीय नागरिक भएको स्वीकार गरेको प्रहरीले जनाएको छ । बमबहादुर र भुपाललाइ जिल्ला प्रहरी कार्यालय झापामा राखेर थप अनुसन्धान भइरहेको छ ।

स्थानीय प्रहरी मुचुल्कामा जिल्ला झापा कचनकवल गाउँपालिका वडा नम्बर २ बस्ने बमबहादुर गुरुङको छोरा भूपाल गुरुङको मिति २०४० साल १० महिना ७ गते यस कचनकवल गाउँपालिकापा वडा नम्बर २ मा जन्म भएको उल्लेख छ । हालसम्म जन्म दर्ता नभएकोले निजको जन्म दर्ता गरिदिन हुन भनि निवेदकले निवेदन दिएको उल्लेख छ ।

उल्लेखित प्रकरणलाई हेर्दा मोटो रकम चलखेलमा नागरिकताको कागजात बनिएको प्रष्ट भएको स्थानीय बताउँछन् । स्थानीयका अनुसार गत सोमबारबाट वडाध्यक्ष सहित नागरिकता प्रकरणमा मुछिएका सवैजना एकाएक गायव भएका छन् ।

उनीहरू सरकार पक्षका स्थानीय नेता कार्यकर्ता रहेका कारण झापा बाहिर राजनीतिक संरक्षमा रहेको स्थानीय बताउँछन् । केही दिन लुकेर मुद्धा सामसुम बनाउन पार्टीका पहुँचवाला लागिरहेको काराण प्रहरीले पक्राउ गर्न नसकेको बताइन्छ ।