१७ भाद्र २०८३, बुधबार
,
Latest
गुठी संस्थान, सञ्चालक समितिको अध्यक्षमा संस्कृतिविद् डा टण्डन प्रतिनिधिसभा : प्रधानमन्त्री शाहको सम्बोधन सुरु धनुषाको लक्ष्मीनिया गाउँपालिकाद्वारा करिब ३० लाख रुपैयाँ सहयोग अमेरिकाद्वारा ४० टन आपत्कालीन राहत सामग्री सहयोग अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी भाइको प्रतीक्षामा रामकुमार  कर्मचारी सञ्चय कोषद्वारा बाढीपीडितका लागि दुई करोड ५० लाख सहयोग डोल्पा तीन स्थानीय तहद्वारा पाँच लाख सहयोग भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले जनधनको ठूलो क्षतिः धुन्चेस्थित सैनिक क्याम्पमा उद्धार र राहत… जीवन परिवर्तनमा योगको असाधारण भूमिका छः मुख्यमन्त्री भट्ट
तपाईं के खोज्दै हुनुहुन्छ ?

८१८ ग्राम सुनसहित भारतीय नागरिक पक्राउ



अ+ अ-


प्रतिकात्मक तस्वीर

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवैध सुनसहित एक भारतीय नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारतीय नागरिक शतिश कुमार अरोरा रहेका छन् ।

अरोरालाई विमानस्थल भन्सार कार्यालयले ८१८ ग्राम सुनसहित पक्राउ गरेको हो।

थाइल्यान्डको बैंककबाट काठमाडौं आउँदै गरेका उनलाई अवैध सुनसहित पक्राउ गरिएको भन्सार कार्यालय स्रोतले जानकारी दियो।

सुटकेसको चारैतिर हुने रबर वा स्टिलको वायर हटाएर त्यसमा सुनको वायर लगाएर बाहिरस अल्मुनियम कोटेट गरिएको थियो। त्यस्तै सुटकेसमा कृतिम बटम सिर्जना गरी १४८ वटा सुनका बटम राखिएको भन्सार स्रोतले जनाएको छ।