९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

भालभेर्दोले भन्छन् : मेस्सी सबैभन्दा माथिल्लो स्तरका खेलाडी हुन्

भालभेर्दोले भन्छन् : मेस्सी सबैभन्दा माथिल्लो स्तरका खेलाडी हुन्
अ अ+ अ-

काठमाडौं । स्पेनिस महारथि बार्सिलोनाका का प्रशिक्षक अर्नेष्टो भालभेर्दोले मेस्सी सबैभन्दा माथिल्लो स्तरका खेलाडी रहेको बताएका छन् ।

च्याम्पियन्स लिग फुटबल अन्तरगत सेमिफाइनलको पहिलो लेगमा लिभरपुलविरुद्ध २ गोल गरेका कप्तान मेस्सीका बारेमा उनले भने,‘त्यहाँ सधै एक जना शीर्ष स्थानमा हुन्छ, त्यो हो मेस्सी ।’ भालभेर्दोको उक्त भनाई अन्तराष्ट्रिय फुटबल महासंघ (फिफा) ले साताका चर्चित भनाइमा उल्लेख गरेको छ ।

च्याम्पियन्स लिगको सेमिफाइनल खेलको पहिलो लेगमा लिभरपुलविरुद्ध गोल गर्दा बार्सिलोनाका कप्तान लियोनल मेस्सीले क्लब गोलमा ६ सय पुरा गरेका थिए ।

यसअघि च्याम्पियन्स लिग गोलमा रोनाल्डो अगाडि रहेपनि फ्रिकिक गोलमा भने रोनाल्डोभन्दा मेस्सी अगाडि देखिएका छन् । यो सिजनमा मेस्सीले ८ गोल गर्दा रोनाल्डोले फ्रिकिकमा एक गोल पनि गर्न सकेनन् ।

यो सिजनमा सिधै फ्रिकिकबाट ८ गोल गरेका मेस्सी दोस्रो स्थानमा रहेका पेरिस सेन्ट जर्मनका फरवार्ड डि मारियाभन्दा दोब्बर बढी हो । डि मारियाको गोल संख्या ४ छ ।

मेस्सीले पहिलो पटक एकै सिजनको च्याम्पियन्स लिगमा एक भन्दा बढी फ्रिकिकमा गोल गरेका छन् । जसमा उनले लिभरपुलविरुद्ध र पीएसभी इन्डिहोभानविरुद्ध गोल गरेका थिए । तर, अर्का स्टार खेलाडी रोनाल्डोले भने यो सिजनमा खेलेका २४ खेलमध्ये फ्रिकिकमा एक गोल पनि गर्न सकेनन् ।

‘मेस्सीले केही चिज भर्खरै परिवर्तन गरेका छन,’ बीबीसीका लागि स्पेनका फुटबल विज्ञ युइल्लेम बालागुइले भने,‘ उनी आफैपनि यो विषयका लागि ज्ञाता होइनन् । तर, राम्रो अभ्यास गरेका छन् र अहिले केही नयाँ भएको तपाईले पनि संकेत पाउनु भएको छ । यसको पछाडी उनले धेरै मेहनत गरेका छन् ।’

‘उनी अहिले यसको मास्टर नै भइसकेका छन् र अहिलेकै अवस्थामा उनी जत्तीको उत्कृष्ट खेलाडी अरु छैन,’ उनले भने ।