६ आश्विन २०८१, आईतवार
,
Latest
काँग्रेस–एमालेबीच लिखित समझदारी नभएको भएपनि संविधान संशोधन आवश्यक थियो: सांसद निधी मेडिकल व्यवसायी प्रसाईंलाई काठमाडौँ जिल्ला अदालतमा पेस उपलब्धिको रक्षा गर्नेगरी संविधान संशोधन भए सहयोग गर्न तयार छौँ: वरिष्ठ उपाध्यक्ष श्रेष्ठ संविधन संशोधनको कुरा गर्दा झस्किनु पर्दैन: गृहमन्त्री लेखक संविधान संशोधन सरकारको मात्रै विषय होइन: सभामुख घिमिरे गोरखा मिडिया नेटवर्कका संञ्चालक छविलाल जोशी पक्राउ आमसञ्चार माध्यम लोकतान्त्रिक शासन प्रणालीको मेरुदण्ड: राष्ट्रपति पौडेल श्रीलंकामा कुनै उम्मेदवारले पाएनन् ५० प्रतिशत मत, अब दोस्रो चरणको मतगणना हुने रामेछापमा बलेरो दुर्घटना, एकको मृत्यु, छ घाइते कोप—२९ लाई उपलब्धिमुलक बनाइन्छ: वनमन्त्री शाही
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

भालभेर्दोले भन्छन् : मेस्सी सबैभन्दा माथिल्लो स्तरका खेलाडी हुन्



अ+ अ-

काठमाडौं । स्पेनिस महारथि बार्सिलोनाका का प्रशिक्षक अर्नेष्टो भालभेर्दोले मेस्सी सबैभन्दा माथिल्लो स्तरका खेलाडी रहेको बताएका छन् ।

च्याम्पियन्स लिग फुटबल अन्तरगत सेमिफाइनलको पहिलो लेगमा लिभरपुलविरुद्ध २ गोल गरेका कप्तान मेस्सीका बारेमा उनले भने,‘त्यहाँ सधै एक जना शीर्ष स्थानमा हुन्छ, त्यो हो मेस्सी ।’ भालभेर्दोको उक्त भनाई अन्तराष्ट्रिय फुटबल महासंघ (फिफा) ले साताका चर्चित भनाइमा उल्लेख गरेको छ ।

च्याम्पियन्स लिगको सेमिफाइनल खेलको पहिलो लेगमा लिभरपुलविरुद्ध गोल गर्दा बार्सिलोनाका कप्तान लियोनल मेस्सीले क्लब गोलमा ६ सय पुरा गरेका थिए ।

यसअघि च्याम्पियन्स लिग गोलमा रोनाल्डो अगाडि रहेपनि फ्रिकिक गोलमा भने रोनाल्डोभन्दा मेस्सी अगाडि देखिएका छन् । यो सिजनमा मेस्सीले ८ गोल गर्दा रोनाल्डोले फ्रिकिकमा एक गोल पनि गर्न सकेनन् ।

यो सिजनमा सिधै फ्रिकिकबाट ८ गोल गरेका मेस्सी दोस्रो स्थानमा रहेका पेरिस सेन्ट जर्मनका फरवार्ड डि मारियाभन्दा दोब्बर बढी हो । डि मारियाको गोल संख्या ४ छ ।

मेस्सीले पहिलो पटक एकै सिजनको च्याम्पियन्स लिगमा एक भन्दा बढी फ्रिकिकमा गोल गरेका छन् । जसमा उनले लिभरपुलविरुद्ध र पीएसभी इन्डिहोभानविरुद्ध गोल गरेका थिए । तर, अर्का स्टार खेलाडी रोनाल्डोले भने यो सिजनमा खेलेका २४ खेलमध्ये फ्रिकिकमा एक गोल पनि गर्न सकेनन् ।

‘मेस्सीले केही चिज भर्खरै परिवर्तन गरेका छन,’ बीबीसीका लागि स्पेनका फुटबल विज्ञ युइल्लेम बालागुइले भने,‘ उनी आफैपनि यो विषयका लागि ज्ञाता होइनन् । तर, राम्रो अभ्यास गरेका छन् र अहिले केही नयाँ भएको तपाईले पनि संकेत पाउनु भएको छ । यसको पछाडी उनले धेरै मेहनत गरेका छन् ।’

‘उनी अहिले यसको मास्टर नै भइसकेका छन् र अहिलेकै अवस्थामा उनी जत्तीको उत्कृष्ट खेलाडी अरु छैन,’ उनले भने ।