४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारी वेबसाइट र सर्भरमा समस्या, देशभर काम प्रभावित



अ+ अ-

काठमाडौं । सरकारी वेबसाइट तथा सर्भरमा समस्या देखिएपछि आइतबार बिहानैदेखि सरकारी कार्यालयबाट हुने कामकाज प्रभावित बनेको छ।

सरकारले विभिन्न सेवालाई अनलाइनमा आधारित बनाउँदै लगे पनि सर्भर http://mofald.gov.np/ डाउन भएपछि देशभरका अधिकांश सरकारी कार्यालयका साइट बन्द भएका हुन् ।

सरकारी कार्यालयका साइट बन्द हुँदा मालपोत, राहदानी, यातायात विभागजस्ता कार्यालयमा काम हुन सकेको छैन् ।

सरकारी साइट भिजिट गर्नेको संख्या उच्च हुँदा सर्भर डाउन भएको हुनसक्ने राष्ट्रिय सूचना प्रविधि केन्द्रका एक अधिकारीले जानकारी दिए ।

समस्या समाधानका लागि काम भइरहेकोले केहीबेरमा सर्भरहरू चल्ने केन्द्रले जनाएको छ।