४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

इरानका राष्ट्रपतिका भाई हुसेन फेरेडोउनलाई अनिश्चितकालिन जेल सजाय



अ+ अ-

काठमाडौं । भ्रष्टाचारको अभियोग लागेका इरानका राष्ट्रपति हसन रुहानीका भाई हुसेन फेरेडोउनलाई अनिश्चितकालिन जेल सजायको फैसला भएको छ ।

‘कतिपय आरोपमा उनीबाट गल्ती नभएको देखियो, तर अरु धेरै आरोपहरु पुष्टि भएकाले उनलाई कारागार राख्न आदेश दिइएको छ,’ अदालतका एक जना कर्मचारी हमिद्रेज होसेनीले शनिबार बताएका छन् ।

हुसेनले आफु्विरुद्ध लागेको अभियोगको अस्विकार गर्दै माथिल्लो अदालतमा जाने जानकारी दिएका छन् । उनले आफूलाई पूर्वाग्रहीपूर्ण तरिकाले फसाउन लागिएको आरोप लगाएका छन् ।