६ आश्विन २०८१, आईतवार
,
Latest
काँग्रेस–एमालेबीच लिखित समझदारी नभएको भएपनि संविधान संशोधन आवश्यक थियो: सांसद निधी मेडिकल व्यवसायी प्रसाईंलाई काठमाडौँ जिल्ला अदालतमा पेस उपलब्धिको रक्षा गर्नेगरी संविधान संशोधन भए सहयोग गर्न तयार छौँ: वरिष्ठ उपाध्यक्ष श्रेष्ठ संविधन संशोधनको कुरा गर्दा झस्किनु पर्दैन: गृहमन्त्री लेखक संविधान संशोधन सरकारको मात्रै विषय होइन: सभामुख घिमिरे गोरखा मिडिया नेटवर्कका संञ्चालक छविलाल जोशी पक्राउ आमसञ्चार माध्यम लोकतान्त्रिक शासन प्रणालीको मेरुदण्ड: राष्ट्रपति पौडेल श्रीलंकामा कुनै उम्मेदवारले पाएनन् ५० प्रतिशत मत, अब दोस्रो चरणको मतगणना हुने रामेछापमा बलेरो दुर्घटना, एकको मृत्यु, छ घाइते कोप—२९ लाई उपलब्धिमुलक बनाइन्छ: वनमन्त्री शाही
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

एक नम्बर प्रदेशको राजधानी धरानलाई तोक्नुपर्ने माग गर्दै सिट्टी जुलुस



अ+ अ-

धरान । एक नम्बर प्रदेशको राजधानी धरानलाई तोक्नुपर्ने माग गर्दै धरानबासीहरुले सिट्टी जुलुस निकालेका छन् ।

धरान उपमहानगरपालिकाको अगुवाइमा धरानलाई राजधानी घोषणा गर्न माग गर्दै धरानवासीले प्रदेशसभा अगाडि प्रदर्शन गरेका हुन् । उनीहरूले सिट्ठी फुकेर प्रदर्शन गरिरहेका छन् ।

एक नम्बर प्रदेशको राजधानी र नामांकन टुङ्गो लगाउन मुख्यमन्त्री शेरधन राईको अध्यक्षतामा बसेको बैठकमा कांग्रेसका संसदीय दलका नेता राजीव कोइराल, संघीय समाजवादी फोरम नेपालका संसदीय दलका नेता जयराम यादवलगायतको उपस्थित रहेको छ ।

स्थायी राजधानी तोक्ने तयारी गरेको प्रदेश १ सरकारले केही दिनअघि मात्रै साविकको पूर्वाञ्चलको राजधानी धनकुटालाई सम्पर्क राजधानी बनाउने निर्णय गरेको थियो ।

राजधानी र नाम बारे एक मत हुन नसकेपछि विभिन्न जिल्लाबाट प्रतिनिधित्व गर्ने सांसदहरुसंग छुट्टाछुट्टै छलफल गरिएको थियो ।