९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

शेयर बजार : दोहोरो अङ्कले घट्यो

शेयर बजार : दोहोरो अङ्कले घट्यो
अ अ+ अ-

काठमाडौं । पछिल्ला दिनमा शेयर बजार लगातार ओरालो लागेको छ । साताको पहिलो दिन आज धितोपत्र बजारमा शेयरको मूल्य दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १६.७१ बिन्दुले घटेर एक हजार २७७.६८ बिन्दुमा झरेको छ ।

ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.६८ बिन्दुले घटेर २७३.९६ बिन्दुमा ओर्लिएको छ । नेप्से परिसूचक मात्रै होइन, कारोवार रकम समेत घटेको छ । कूल १७५ कम्पनीको २३ लाख १२ हजार ५३० कित्ता शेयर रु ६५ करोड तीन लाख ७८ हजार ४५४ मूल्यमा खरीद बिक्री भए । कारोवार भएका कूल १० उपसमूहमध्ये आज दुई उपसमूहको मात्रै शेयर बढेको छ भने आठ उपसमूहको शेयर घटेको छ ।

उत्पादन २०.८० र अन्य उपसमूह १.१२ बिन्दुले घटेको छ । स्टकका अनुसार बैंकिङ १६.०२, होटल १९.६१, विकास बैंक १७.४४, जलविद्युत् ५३.८८, वित्त २.४०, निर्जीवन बीमा २४.७३ , लघुवित्त २५.८७ र जीवन बीमा १२७.०२ बिन्दुले घटेको छ । कारोवारका आधारमा आज पनि नेपाल बैंक लिमिटेड शीर्ष स्थानमा रहेको छ ।

प्रतिकित्ता रु ३१० मा रु छ करोड २८ लाख ८४ हजार ५७६ बराबरको कारोवार भयो । यस्तै प्रतिकित्ता रु २८२ मूल्यमा प्रभु बैंकको रु चार करोड ६४ लाख ३० हजार आठ, प्रतिकित्ता रु ३५८ मा शिवम् सिमेन्टको रु चार करोड ६३ लाख ४९ हजार ७२३ बराबरको कारोवार भयो । यस्तै चिलिमे जलविद्युत् कम्पनीको प्रतिकित्ता रु ५३३ मा रु दुई करोड २८ लाख ७८ हजार ७१३, एनएमबी बैंकको प्रतिकित्ता रु ३७६ मा रु दुई करोड १२ लाख १७ हजार ४१८, कृषि विकास बैंकको प्रतिकित्ता रु ३७९ मा रु दुई करोड ११ लाख दुई हजार ४३३ मा कारोवार भयो ।

स्टकका अनुसार मल्टीपर्पोज फाइनान्स कम्पनीका शेयरधनीले दश प्रतिशतका दरले कमाए । यस्तै युनाइटेड फाइनान्स ४.७१, शिवम् सिमेन्ट ४.०७, नेरुडे लघुवित्त विकास बैंक ३.७८, एनएलजी इन्स्योरेन्स कम्पनी ३.५२, सिटिजन म्यूुचल फण्डका लगानीकर्ताले ३.४२ प्रतिशतले कमाए ।

यस्तै चिलिमे जलविद्युत् कम्पनीका लगानीकर्ताले ७.६२, एनआइबिएल समृद्धि फण्ड ७.२६, अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी ७.०१, एभरेष्ट इन्स्योरेन्स कम्पनी ६.१७, यूनिभर्सल पावर कम्पनी ५.८८ र ङादी समूहका शेयरधनीले पाँच प्रतिशतले गुमाए ।