६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रदेश १ को राजधानी विराटनगर कायम



अ+ अ-

विराटनगर । नेकपा संसदीय दलको बैठकले प्रदेश १ को स्थायी राजधानी विराटनगर नै कायम राख्ने निर्णय गरेको छ ।

संसदीय दलको निर्णयबारे जानकारी दिँदै प्रदेश सरकारका प्रवक्ता हिक्मत कार्कीले उक्त जानकारी दिएका हुन् ।

उनका अनुसार विराटनगर रहने कार्यपालिका, व्यवस्थापिकालगायतका संरचना इटहरी विराटनगर सुन्दरहरैंचा आसपास संरचना निर्माण गर्ने निर्णय भएको छ ।

प्रदेशको राजधानी प्रदेशसभाको दुई तिहाइ बहुमतले टुंगो लगाउने संवैधानिक व्यवस्था छ । प्रदेश १ मा नेकपाको दुई तिहाइ बहुमत छ ।