६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

फानी चक्रवातः भारतमा मृत्यु हुनेको संख्या २१ पुग्यो



अ+ अ-

भारत । ‘फानी’ नामक चक्रवातका कारण भारतको उडिसा राज्यस्थित पुरीमा मात्रै मृत्यु हुनेको संख्या २१ पुगेको छ ।

फानी चक्रवातले मच्चाएको बितण्डाले अझै पनि उक्त क्षेत्र सञ्चार सम्पर्कबाट विक्षेद रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

फानी चक्रवातले सयौँ बिजुलीका पोल ढल्नुका साथै ट्रान्सफर्मरहरुमा क्षति पुगेको छ । यस्तै, दर्जनौँ सडकका पुल भत्किएका छन् भने शहरी क्षेत्रलाई जोड्ने मुख्य सडक पूर्ण रुपमा अवरुद्ध भएको छ ।

विद्युत सेवा अवरुद्ध हुँदा पानीको आपुर्ति समेत प्रभावित भएको छ । जसका कारण पिउन र शौचालय जानसमेत मानिसहरुले समस्या भोग्नु परिरहेको छ ।