६ पुष २०८२, आईतवार
,
Latest
२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण अंगका रुपमा अघि बढाएको छः मन्त्री गौतम योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै अपी हिमालः तीन वर्षमा ५ हजार पर्यटक भित्रिए विराटनगरमा नोबेल मेडिकल कलेजको पाँचौँ तलाबाट खसेका डाक्टरको मृत्यु पूर्वप्रधानमन्त्री भट्टराई भारत जाँदै योग, ध्यान, आयुर्वेदलाई हेर्ने छुट्टै मन्त्रालय बनाइयोस्ः स्वामी आनन्द अरुण आहा ! आलिताल मौन पीडामा रहेकी कालिमायाको याचना … जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसंघमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

वर्तमान सरकारले जनतालाई झुटा सपना देखायो : महामन्त्री कोईराला



अ+ अ-

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री डाक्टर शशांक कोइरालले दुई तिहाइको वर्तमान सरकारले जनतालाई झुटा सपना बाँडेको आरोप लगाए छन् ।

आइतबार नेपाली कांग्रेस कपिलवस्तु क्षेत्र नम्बर १ ले डुमरामा आयोजना आयोजित सभालाई सम्बोधन गर्दै महामन्त्री डा. कोइरालाले अहिलेको सरकारले नेपाली नागरिकलाई ऋणमा डुबाएर देशमा पानी जहाज र रेल चलाउने सपना बाँड्नुको औचित्य नरहेको बताएका छन् ।

सम्बोधनकै अवसरमा महामन्त्री डा. कोइरालाले नेपाली कांग्रेसको वर्तमान नेतृत्वले नेतृत्वदायी भूमिका खेल्न नसकेकाले अब नेतृत्व गर्न सक्ने एउटा प्रभावशाली पार्टी सभापतिको चयन गर्न कार्यकर्तालाई आग्रह पनि गरे ।

कार्यक्रममा नेपाली कांग्रेसका नेताहरु दीपक गिरी, राजेश आचार्य, आफताब आलम, प्रकाश घिमिरे अतहर कमाल, दीपकुमार उपाध्याय, सुरेन्द्रराज आचार्य, वजीह अरसद, सुधाकर पाण्डेय लगायतले सम्बोधन गरेका थिए ।