१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्थानीय तहका १६ सय १३ जना कर्मचारीको एकैपटक सरुवा (सूचीसहित)



अ+ अ-

काठमाडौं । ​सरकारले स्थानीय तहमा कार्यरत १६ सय १३ जना कर्मचारीको एकैपटक सरुवा गरेको छ । 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मंगलबार ती कर्मचारीको अन्तर स्थानीय तहमा सरुवाको सूची सार्वजनिक गरेको हो ।

लोक सेवा आयोगबाट सिफारिसमा ‘स्थानीय तहमा नियुक्त भएका कर्मचारीको व्यवस्थापनसम्बन्धी मापदण्ड २०७७’ अनुसार ती कर्मचारीको सरुवा गरिएको मन्त्रालयले जनाएको छ । 

यस्तै, सरुवा भएर हिड्ने र जाने दुवै स्थानीय तहको सहमतीमा मात्रै काजको व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ ।

मापदण्ड पूरा नगरेकाहरुलाई सरुवा नगरिएको पनि मन्त्रालयले जनाएको छ ।