६ पुष २०८२, आईतवार
,
Latest
टी-२० विश्वकप: क्यानद्वारा २४ सदस्यीय प्रारम्भिक टोली घोषणा कांग्रेसले आगामी संसदीय निर्वाचनमा भाग लिन तयारी सुरु गरेकोछः नेता डा कोइराला सञ्चारमन्त्री खरेलका तीन महिनामा महत्वपूर्ण काम आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता गृहमन्त्री अर्यालद्वारा बाल सुधारगृहको निरीक्षण ‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने ‘एनएफपिजे’द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित
तपाईं के खोज्दै हुनुहुन्छ ?

पहिलो दिनमै बाबुरामलाई लाग्यो झट्का, सहपाटीले साथ नदिने



अ+ अ-

काठमाडौं । तामझामका साथ दुई पार्टी एकिकरण गरी बनेको समाजवादी पार्टी नेपाललाई झट्का लागेको छ । संघीय परिषदका अध्यक्षमा बाबुराम भट्टराईका सहपाटीले उनलाई धोका दिएका छन ।

तत्कालिन माओवादी केन्द्रबाट नयाँ शक्ति पार्टी गठन गर्दा देखिनै भट्टराईलाई साथ दिदै आएका नेता कार्यकर्ताहरु उपेन्द्र यादवसँग मिलेर समाजवादी पार्टी बनाएपछि धोका भएको भन्दै सत्तारुढ नेकपामै फर्किने तयारी स्रोतको दाबी छ ।

“केही नयाँ होला भनेर बाबुरामजीसँगै गयौं, तर सोचेजस्तो भएन ।” एक उच्च तहका नेताले भने, “फोरमको राजनीतिक लाइन नै मान्ने हो भने हामीले किन नेकपाबाट अलग हुनुपथ्र्यो ।

भट्टराईले एकल निर्णय गरेको पार्टी भित्र पार्टी एकताबारे पर्याप्त छलफल नगरेको समेत उनीहरुको आरोप छ । “हामीले त नयाँ बनाउने कुरा पो गरेका थियौं, अरु भन्दा भिन्न, कार्यशैलीदेखि विचारमा भिन्न मोडेल पार्टी बनाउने कुरा थियो । शक्ति कमजोर भयो भन्दैमा एकताको एकल निर्णय गर्नु ठीक होइन ।” उनले भने ।