६ श्रावण २०८३, बुधबार
,
Latest
दमकमा घरायसी विवादमा श्रीमतीको हत्या, आत्महत्या प्रयास गरेका श्रीमानको पनि मृत्यु काँग्रेसमा बढ्दो आन्तरिक विवादः संस्थापन इतर पक्षद्वारा साउन २९ मा राष्ट्रिय भेला आह्वान राष्ट्रियता र लोकतन्त्र इतिहासकै गम्भीर संकटमाः पूर्णबहादुर खड्का वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु बैंकिङ्ग कसूर मुद्दाका फरार प्रतिवादी डिल्लीबजारबाट पक्राउ आयुर्वेद सेवालाई थप प्रभावकारी बनाउन छलफल पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक छ : सञ्चारमन्त्री तिमिल्सिना बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै सांसद शाहविरुद्धको पक्राउ पुर्जी कार्यान्वयन नगर्न आदेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिला वडा सदस्यमाथि दुव्र्यवहारको आरोपमा माओवादी नगर अध्यक्ष ‘डायमण्ड’ पक्राउ



अ+ अ-

डडेल्धुरा । जिल्लाको परशुराम नगरपलिकाकी महिला वडा सदस्यमाथि अभद्र व्यवहार गरेको आरोपमा नेकपा (माओवादी केन्द्र)का स्थानीय नेता शेरसिंह माल ‘डायमण्ड’  पक्राउ परेका छन् । 

माओवादी केन्द्र परशुराम नगर कमिटिका अध्यक्ष रहेका ‘डायमण्ड’ जिल्ला सदरमुकाम डडेल्धुराबाट पक्राउ परेका हुन् । 

उनीमाथि मंसिर १० गते माओवादी केन्द्रको तर्फबाट परशुराम नगरपालिका वडा नम्बर ३ की निर्वाचित वडा सदस्य राजमति ऐरलाई दुव्र्यवहार गरेको आरोप लागेको छ । 

महिलाले आफुमाथि दुव्र्यबहार गरेको भन्दै उजुरी दिएपछि उनलाई नियन्त्रणमा लिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । वडा सदस्य ऐर आफ्नो घर शिर्षबाट लालढुंगा बजारमा दाँतको उपचार गर्न गइरहेको बेला दुव्र्यवहार गरिएको उजुरीमा उल्लेख छ । 

नगर कमिटी अध्यक्ष डायमण्ड समक्ष कसैले वडा सदस्य ऐर नेपाली काँग्रेसमा प्रवेश गर्न लागेको भन्ने गलत सूचना दिएपछि रंगुन खोला नजिक ऐर सवार मोटरसाइकल रोकेर डाइमण्डले हातपात गरेको ऐरले आरोप लगाएकी छन् । 

डायमण्डले जबरजस्ती मोटरसाइकलबाट उतारेर गालीगलौज गरेको पिडित राजमतिले उल्लेख गरेकी छन् । पिडित वडा सदस्य ऐर नेपाली काँग्रेसका जिल्ला सभापतिमा निर्वाचित भएका परशुराम नगरपालिकाका नगरप्रमुख भीमबहादुर साउँदको सम्मान कार्यक्रममा सहभागी हुने र त्यही कार्यक्रममा पार्टी प्रवेश गर्ने तयारी रहेको खवर कसैले माओवादी केन्द्रका नगर अध्यक्ष डायमण्ड समक्ष पुर्‍याएको बुझिएको छ । 

यता, माओवादी केन्द्र डडेल्धुराका एक नेताले भने डायमण्डलाई सो विषयमा पक्राउ गरेको नभएर उनीमाथि दुव्र्यवहारको आरोप लागेपछि कानुनको पालना गर्दै प्रहरी अनुसन्धानमा सजिलो होस भनेर आफै जिल्ला प्रहरी कार्यालय डडेल्धुरा गएको बताएका छन् ।