१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा News Polar दोधारा–चाँदनी झोलुङ्गे पुल सुदूरपश्चिम प्रदेशको धरोहर होः मुख्यमन्त्री भट्ट News Polar पाँच देशका राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar लोककल्याणकारी विज्ञापनको दर वैज्ञानिक र विधिसम्मत आधारमा निर्धारण गरिएको छ : सञ्चारमन्त्री तिमिल्सिना

चाउचाउको भरमा सुरक्षा दिदै प्रहरी

चाउचाउको भरमा सुरक्षा दिदै प्रहरी
अ अ+ अ-

बझाङ । बझाङको उत्तरी सीमास्थित धुली प्रहरी चौकीमा गत आइतबार बिहान प्रहरीहरुको फूर्तिफार्ती बेग्लै देखिन्थ्यो । एक जना प्रहरी जवान खरको झुप्रोमुनी भान्सामा भात पकाउँदै थिए । कोही आलुको तरकारी काट्दै थिए । एक जना सिलौटामा मसला पिस्दै थिए ।

प्रहरीका अनुसार चम्किलो हुनुको कारणबारे जिज्ञासा राखिनसक्दै जवान सुराज कुँवरले फ्याट्ट भनिहाले, ‘दुई छाकपछि भान्सामा भात पाक्दै छ । सब मुख मिठ्याएर बसेका छन् ।’

गाउँभरि खोज्दा पनि चामल पैंचो नपाएपछि प्रहरीको भान्सामा अघिल्लो दिन दुई छाक भात पाकेको रहेनछ । उनीहरुले चाउचाउ खाएर रात बिताउनुपरेछ । आइतबार बिहान वडाध्यक्षको घरबाट एक बोरा चामल पैंचो खोजेर ल्याएपछि भात पाकेको रहेछ । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।