६ पुष २०८२, आईतवार
,
Latest
२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण अंगका रुपमा अघि बढाएको छः मन्त्री गौतम योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै अपी हिमालः तीन वर्षमा ५ हजार पर्यटक भित्रिए विराटनगरमा नोबेल मेडिकल कलेजको पाँचौँ तलाबाट खसेका डाक्टरको मृत्यु पूर्वप्रधानमन्त्री भट्टराई भारत जाँदै योग, ध्यान, आयुर्वेदलाई हेर्ने छुट्टै मन्त्रालय बनाइयोस्ः स्वामी आनन्द अरुण आहा ! आलिताल मौन पीडामा रहेकी कालिमायाको याचना … जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसंघमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

सामान्य सुधारको कुरा गरेर मात्र देशले विकासमा छलाङ मार्न सक्दैन : प्रचण्ड



अ+ अ-

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामान्य सुधारको कुरा गरेर मात्र देशले विकासमा छलाङ मार्न नसक्ने बताएका छन् ।

मंगलबार सरकारले संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै प्रचण्डले देशमा रेल ल्याउने सपना सबैले देख्नुपर्ने र त्यसलाई साकार गर्न पनि थाल्नुपर्ने बताएका हुन् ।

प्रचण्डले नेपालमा विकास हुने कुरा असम्भव जस्तै सोच्ने गरेको इतिहास नेपालीको रहेको बताउँदै अब सबैले सपना देख्नुपर्ने बताए । ‘यस्तो पनि होला र भनेर सोच्ने हाम्रो विगत छ, अहिले यथार्थ बन्दै छ,’प्रचण्डले भने, ‘रेल आउला त ? अन्तर्राष्ट्रिय विमानस्थल बन्ला त ? भन्ने कताकता काल्पनिक कुरा, असम्भव कुरा, जनतालाई सपना मात्र देखाएको हो कि भन्ने लाग्ला ? यस्तै सपना देख्न पनि थाल्नुपर्छ र त्यसको साकार पार्नुपर्छ भन्ने म ठान्दछु ।’