९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

अदालतमा यसरी रोए बलात्कारका आरोपी अभिनेता ओबरोय

अदालतमा यसरी रोए बलात्कारका आरोपी अभिनेता ओबरोय
अ अ+ अ-

‘काठमाडौं । जस्सी जेसी कोही नहीँ, सारा, दिशाएं’ जस्ता टेलीश्रृङ्खलाबाट चर्चित भएका अभिनेता करण ओबरोयलाई मुम्बई पुलिसले बलात्कारको आरोपमा पक्राउ गरेको छ । करणमाथि एक फेसन डिजाइनरले बलात्कार गरेको आरोप लगाएकी छिन् । ओशिवारा पुलिसले करणविरुद्ध बलात्कार र जबर्जस्ती पैसा असुलीको मुद्दा दर्ता गरेको छ ।

पुलिसका अनुसार करणमाथि बलात्कारको आरोपबाहेक बलात्कारको भिडियो बनाएर त्यसमार्फत् पैसासमेत लिने गरेको आरोप छ । पीडितका अनुसार करणले आफ्नो माग सम्बोधन नभए भिडियो भाइरल गरिदिने धम्की दिने गर्दथे । अदालतले करणलाई ९ मेसम्म पुलिस हिरासतमा पठाएको छ । करणविरुद्ध यो मुद्दा सन् २०१८ मा दर्ता गरिएको थियो । सोमबार अँधेरी अदालतमा चलिरहेको सुनुवाईको क्रममा करण ओबरोय क्वाँ–क्वाँ रोएका थिए ।

पीडितले बताएकी थिइन् आफ्नो कहानीः

बम्बे टाइम्स पत्रिकासँग पीडितले सन् २०१८ अक्टोबरमा आफ्नो कहानी बताएकी थिइन् । उनले पत्रिकासँगको कुराकानीमा यस्तो भनेकी थिइन्ः

मेरो करणसँग एक डेटिङ एपमा भेट भयो । सुरुमा उनले मसँग केही सामान्य तस्बिर मागे त्यसपछि उनले मलाई नग्न फोटो माग्न थाले । अक्टोबर सन् २०१६ मा हाम्रो भेट भयो र पहिलो भेटमै हामी निकै नजिक भयौं । त्यसपछि हामी भेटिरह्यौं र मैले करणमाथि खर्च गर्न थालेँ । सन् २०१७ मा करणले उनको घर धितो राखेको बताए । मैले उनलाई मद्दत गर्न लाखौं रकम दिएँ । मैले उनको घरका लागि थुप्रै सामान किनिदिएँ । त्यसपछि करणका एक नजिकका व्यक्तिले मलाई करणले प्रयोगमात्र गरिरहेको बताए । मैले त्यसपछि करणसँग पैसा फिर्ता मागेँ तर उनले दिन्नँ भने । मलाई थाहा छैन करणले मेरा तस्बिर वा भिडियो डिलिज गरे वा गरेनन् ।’

करणले पनि राखेका थिए आफ्नो पक्षः

सुरुमा मैले उनीसँग फ्लर्ट गरेको थिएँ तर म त्यतिबेला सिंगल थिएँ । ती महिलाले आफूलाई पिताले कुटपिट गर्ने गरेको मलाई बताइन् त्यसकारण मलाई उनीप्रति सहानुभूति थियो । हामीबीच कुनै सम्बन्ध थिएन न नै हामीबीच यौनसम्बन्ध भयो । मैले उनलाई प्रत्येकमा ब्लक गरेको छु । उनले मेरो घर सम्हाल्न चाहेको बताएकी थिइन् र यही नै मेरो सबैभन्दा ठूलो गल्ती हो । मुम्बईमा मेरा दुईवटा घर छन् र तीमध्ये कुनै पनि धितोमा राखेको छैन । मैले आफ्नो घरको सामान खरिद गर्न उनलाई पैसा पनि दिएको थिएँ । उधारो दिएको उनको दाबी गलत हो । पछि मैले गार्डलाई भनेर उनलाई मेरो घर वरिपरि पनि आउन दिइनँ । त्यसपछि उनले आफ्नो नाडी काटेर मलाई धम्की दिइन् । मैले कहिले पनि कुनै महिलाको अपमान गरेको छैन । तर यो सामान्य होइन, यहाँ त म नै पीडित छु । म यी महिलासँग कुनै पनि सम्बन्धमा छैन ।’