६ आश्विन २०८१, आईतवार
,
Latest
नेप्से परिसूचक ११ दशमलव ५८ अङ्कले बढ्यो ‘अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुने प्रतिनिधि घटाऔँ, रमाइलोमा सिमित नगरौँ’: सांसदहरु बैतडीको शिवलिङ्ग केन्द्रविन्दु भएर भूकम्प एसियन च्याम्पियनसीपमा एरिकाले जितिन् ऐतिहासिक रजत नेपालले इरानमा सिनियर वर्ल्ड कप बिच कबड्डी खेल्ने मुस्ताङको सुन्दरतामा पर्यटक आकर्षित कोशी प्रदेश सभा: बजेट पारित, २२ महिनापछि समितिका सभापति चयन ‘पानी रङ्ग’को सहरमा ४७ कलाकारका ५५ कलाकृति प्रदर्शनमा सन्दीपविरुद्ध सर्वोच्च जाने महान्यायाधीवक्ता कार्यालयको निर्णय व्यवस्थित र स्वच्छ शहर बनाउने दिशामा अघि बढेका छौँ: कार्यवाहक प्रधानमन्त्री सिंह
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

अदालतमा यसरी रोए बलात्कारका आरोपी अभिनेता ओबरोय



अ+ अ-

‘काठमाडौं । जस्सी जेसी कोही नहीँ, सारा, दिशाएं’ जस्ता टेलीश्रृङ्खलाबाट चर्चित भएका अभिनेता करण ओबरोयलाई मुम्बई पुलिसले बलात्कारको आरोपमा पक्राउ गरेको छ । करणमाथि एक फेसन डिजाइनरले बलात्कार गरेको आरोप लगाएकी छिन् । ओशिवारा पुलिसले करणविरुद्ध बलात्कार र जबर्जस्ती पैसा असुलीको मुद्दा दर्ता गरेको छ ।

पुलिसका अनुसार करणमाथि बलात्कारको आरोपबाहेक बलात्कारको भिडियो बनाएर त्यसमार्फत् पैसासमेत लिने गरेको आरोप छ । पीडितका अनुसार करणले आफ्नो माग सम्बोधन नभए भिडियो भाइरल गरिदिने धम्की दिने गर्दथे । अदालतले करणलाई ९ मेसम्म पुलिस हिरासतमा पठाएको छ । करणविरुद्ध यो मुद्दा सन् २०१८ मा दर्ता गरिएको थियो । सोमबार अँधेरी अदालतमा चलिरहेको सुनुवाईको क्रममा करण ओबरोय क्वाँ–क्वाँ रोएका थिए ।

पीडितले बताएकी थिइन् आफ्नो कहानीः

बम्बे टाइम्स पत्रिकासँग पीडितले सन् २०१८ अक्टोबरमा आफ्नो कहानी बताएकी थिइन् । उनले पत्रिकासँगको कुराकानीमा यस्तो भनेकी थिइन्ः

मेरो करणसँग एक डेटिङ एपमा भेट भयो । सुरुमा उनले मसँग केही सामान्य तस्बिर मागे त्यसपछि उनले मलाई नग्न फोटो माग्न थाले । अक्टोबर सन् २०१६ मा हाम्रो भेट भयो र पहिलो भेटमै हामी निकै नजिक भयौं । त्यसपछि हामी भेटिरह्यौं र मैले करणमाथि खर्च गर्न थालेँ । सन् २०१७ मा करणले उनको घर धितो राखेको बताए । मैले उनलाई मद्दत गर्न लाखौं रकम दिएँ । मैले उनको घरका लागि थुप्रै सामान किनिदिएँ । त्यसपछि करणका एक नजिकका व्यक्तिले मलाई करणले प्रयोगमात्र गरिरहेको बताए । मैले त्यसपछि करणसँग पैसा फिर्ता मागेँ तर उनले दिन्नँ भने । मलाई थाहा छैन करणले मेरा तस्बिर वा भिडियो डिलिज गरे वा गरेनन् ।’

करणले पनि राखेका थिए आफ्नो पक्षः

सुरुमा मैले उनीसँग फ्लर्ट गरेको थिएँ तर म त्यतिबेला सिंगल थिएँ । ती महिलाले आफूलाई पिताले कुटपिट गर्ने गरेको मलाई बताइन् त्यसकारण मलाई उनीप्रति सहानुभूति थियो । हामीबीच कुनै सम्बन्ध थिएन न नै हामीबीच यौनसम्बन्ध भयो । मैले उनलाई प्रत्येकमा ब्लक गरेको छु । उनले मेरो घर सम्हाल्न चाहेको बताएकी थिइन् र यही नै मेरो सबैभन्दा ठूलो गल्ती हो । मुम्बईमा मेरा दुईवटा घर छन् र तीमध्ये कुनै पनि धितोमा राखेको छैन । मैले आफ्नो घरको सामान खरिद गर्न उनलाई पैसा पनि दिएको थिएँ । उधारो दिएको उनको दाबी गलत हो । पछि मैले गार्डलाई भनेर उनलाई मेरो घर वरिपरि पनि आउन दिइनँ । त्यसपछि उनले आफ्नो नाडी काटेर मलाई धम्की दिइन् । मैले कहिले पनि कुनै महिलाको अपमान गरेको छैन । तर यो सामान्य होइन, यहाँ त म नै पीडित छु । म यी महिलासँग कुनै पनि सम्बन्धमा छैन ।’