३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

फर्निचर उद्योगमा आगलागी हुँदा १० लाखको क्षति



अ+ अ-

लमही । दाङको एक फर्निचर उद्योगमा आगलागी हुँदा रु १० लाख बराबरको धनमाल क्षति भएको छ । तुलसीपुर उपमहानगरपालिका–१२ टरिगैस्थित ओम फर्निचर उद्योगमा आगलागी हुँदा उक्त मूल्यबराबरको धनमाल क्षति भएको तुलसीपुर इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक भीमबहादुर कार्कीले बताउनुभयो ।

उहाँका अनुसार सोमबार राति १२ बजेतिर आगलागी हुँदा एउटा मोटरसाइकल, एकथान काठ चिर्ने उपकरण, दुईजोर झ्याललगायत सामग्री जलेर नष्ट भएको थियो । समयमै प्रहरी पुगेर आगो निभएकाले थप क्षति हुनबाट बचेको उहाँको भनाइ थियो । आगो आज बिहान १ः१५ बजेतिर नियन्त्रणमा लिइएको थियो ।

उद्योगका सञ्चालक ओमनारायण चौधरीले भने विद्युत् चुहावट भएर नभई कसैले सुनियोजित तरिकाले आगो लगाएको हुनसक्ने बताउनुभयो । “विद्युत् सर्ट भएको भए विद्युत् तार भएको स्थानबाट आगो लाग्न शुरु गथ्र्यो होला”, उहाँले भन्नुभयो, “तर आगो मोटरसाइकल भएको स्थानबाट शुरु भएको छ, जसको नजिक विद्युत्को तारसमेत छैन ।”

आगलागी भइरहेको अवस्थामा पनि बाहिरका बत्ती बलिरहेको भन्दै यो विद्युत् सर्ट भएर नभई कसैले व्यक्तिगत रिसिइबीका कारण आगलागी गराएको हुनसक्ने भन्दै उहाँले यस विषयमा आफूले प्रहरीमा उजुरी दिने तयारी गरिरहेको जानकारी दिनुभयोे ।