१९ फाल्गुन २०८१, सोमबार
March 3, 2025 Monday

11.27°C

काठमाडौं

11.27°C

Kathmandu

Feels-like: 10.72

Wind: 2.06

Humidity: 87

Latest
साहित्यकार झमक घिमिरेमा थपियो नसाको रोग, उपचारमा समस्या माओवादीप्रति अभिनेतृ रेखा थापाको कटाक्ष– ‘लालसेना खोज्न मधेशतिर हिँडेछन्’ मिथिला मध्यमा परिक्रमामा ‘हेल्प डेस्क’ सञ्चालन कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ सोह्र वर्षपछि अछाम दरबार निर्माणकार्य सम्पन्न स्ववियु निर्वाचन : पाल्पाका चार क्याम्पसमा १३ संगठन दर्ता पुलिस क्लब वीरगञ्ज गोल्डकपको सेमिफाइनमा बजेट तर्जुमा मार्गदर्शन : ‘स्रोतमा चाप छ, पूर्वतयारी नभएका र प्रतिफल नदिने योजनाका लागि बजेट… गायक सुशान्त केसीले दिए बालेनलाई कन्सर्टमा आउन निम्तो हिमाल सरसफाइ अभियानलाई निरन्तरता दिनेछौँ: वनमन्त्री शाही
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिलामाथि हिंसा गर्नेलाई कारवाही हुने : प्रधानमन्त्री ओली



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपि शर्मा ओलीले महिलामाथि कुनै प्रकारको हिंसा हुन नदिइने प्रतिबद्धता व्यक्त गर्दै महिलामाथि हिंसा गर्ने पीडकमाथि कडा कानूनी कारवाही गरिने बताउनुभयो ।

महिलाको सशक्तीकरणका लागि थुप्रै कार्यक्रम ल्याइएको जानकारी दिँदै उहाँले महिलाको समस्याका रुपमा रहेको स्तन क्यान्सरको निःशुल्क परीक्षण गर्न सक्ने व्यवस्था मिलाइएको बताउनुभयो । उहाँले भन्नुभयो, “सबै सामुदायिक विद्यालयमा निःशुल्क सेनेटरी प्याड वितरण, महिला उद्यमीको क्षमता वृद्धि, सम्पत्तिको अधिकार बढाउन विविध कार्यक्रम ल्याइएको छ ।”

पूर्वाधार, कृषिको विकास, विद्युतीकरण र पर्यटनको विकास गर्नु नीति कार्यक्रमको प्राथमिकता रहेको दोहोर्याउँदै उहाँले डिजिटल नेपाल र साक्षर नेपाललाई सार्थक बनाउन सरकार क्रियाशील रहेको बताउनुभयो ।

नेपालमा अब निरपेक्ष गरीबी एक दुई वर्षभन्दा अगाडि नजाने जिकिर गर्दै उहाँले भन्नुभयो, “अब कोही भोकै मर्दैन, भोकै पर्दैन, आवासविहीन हुँदैन, आधारभूत शिक्षा निःशुल्क र खाजाको समेत व्यवस्था गरेका छौँ । स्वाथ्य बीमा कार्यक्रम ल्याइएको छ ।” सडकमा अलपत्र बेसहारा, अशक्त, अपाङ्गता भएका व्यक्तिको सरकारले संरक्षण गर्ने उहाँको भनाइ थियो । प्रधानमन्त्रीले आगामी आर्थिक वर्षभित्र मेलम्ची खानेपानी आयोजना सम्पन्न गर्ने गरी प्रक्रिया अगाडि बढाइने पनि बताउनुभयो ।