३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

पृथ्वीराज चौहानको बायोपिकबाट डेब्यु गर्दै मानुषी !



अ+ अ-

काठमाडौं। मानुषी छिल्लरले सन् २०१७ मा मिस इन्डियाको ताज जितेसँगै उनको बलिउडमा डेब्युको चर्चा चल्यो । मानुषीले कयौं पटक बलिउडका पर्फेक्ट अभिनेता आमिर खानसँग काम गर्ने इच्छा ब्यक्त गरिसकेकी छन् । तर समाचारमा आए अनुसार मिस इन्डिया मानुषी छिल्लरलाई आमिर खानसँग नभई सिल्भर स्क्रिनमा अर्का अभिनेता अक्षय कुमारको अपोजिटमा देखिन सक्नेछन् ।

मिडिया रिपोर्टका अनुसार मानुषी छिल्लर र अभिनेता अक्षय कुमार कृथ्वीराज चौहानको बायोपिकमा सँगै देखिने भएका छन् । यो फिल्मलाई यशराज फिल्मसले निर्माण गर्दैछ । सुत्रका अनुसार मानुषी छिल्लरले अक्षय कुमारको अपोजिटबाट बलिउडमा डेब्यु गर्न गइरहेकी छन् । मानुषीले पृथ्वीराज चौहानको बायोपिकको लागि साइन गरिसकेकी छन् ।

यस ऐतिहासिक ड्रामालाई चन्द्रप्रकाश द्विवेदीले निर्देशन गर्नेभएका छन् । मानुषीले फिल्ममा संयुक्त भूमिका निभाउनेछन् । उनले अक्षय कुमारसँग अनस्क्रिन रोमान्स गर्नेभएकी छन् । आदित्य चोपडालाई मानुषीको स्क्रिन प्रेजेन्टेशन राम्रो लाग्ने बताइएको छ ।

अहिलेको समयमा मानुषी बलिउड डेब्युमा ब्यस्त छन् । उनले एक्टिङ र डान्स वर्कसपमा पनि सहभागिता जनाईरहेकी छन् ।