६ पुष २०८२, आईतवार
,
Latest
२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण अंगका रुपमा अघि बढाएको छः मन्त्री गौतम योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै अपी हिमालः तीन वर्षमा ५ हजार पर्यटक भित्रिए विराटनगरमा नोबेल मेडिकल कलेजको पाँचौँ तलाबाट खसेका डाक्टरको मृत्यु पूर्वप्रधानमन्त्री भट्टराई भारत जाँदै योग, ध्यान, आयुर्वेदलाई हेर्ने छुट्टै मन्त्रालय बनाइयोस्ः स्वामी आनन्द अरुण आहा ! आलिताल मौन पीडामा रहेकी कालिमायाको याचना … जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसंघमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालुवाटारको २५ रोपनी जग्गा भाटभटेनीका मालिकका परिवारको नाममा



अ+ अ-

काठमाडौं । बालुवाटारबाट व्यक्तिको नाममा गएकोमध्ये करिब २५ रोपनी जग्गा तीन परिवारको नाममा सीमित रहेको पाइएको छ । भूमाफिया भनेर किटान गरिएका शोभाकान्त ढकाल र रामकुमार सुवेदी तथा भाटभटेनी डिपार्टमेन्ट स्टोरका सञ्चालक मीनबहादुर गुरुङ र उनीहरुका परिवारका नाममा झन्डै २५ रोपनी जग्गा देखिएको हो । गुरुङले आफ्नो परिवार र कम्पनीका नाममा समेत जग्गा खरिद गरेका छन् ।

‘करिब ६० कित्ता जग्गा उनीहरुले आफ्नो परिवारका सदस्य र सामूहिक स्वामित्वमा खरिद गरेको देखिन्छ,’ भूमि व्यवस्थापन विभाग स्रोतले भन्यो, ‘उनीहरुले आफ्नो नाममा ल्याएर बेचेको जग्गाको हिसाबकिताब यसमा छैन, त्योसमेत जोड्ने हो भने अझै बढी जग्गा आफ्नो पञ्जामा पारेको समाचार कान्तिपुर दैनिकमा खबर प्रकाशित छ ।