६ पुष २०८२, आईतवार
,
Latest
२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण अंगका रुपमा अघि बढाएको छः मन्त्री गौतम योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै अपी हिमालः तीन वर्षमा ५ हजार पर्यटक भित्रिए विराटनगरमा नोबेल मेडिकल कलेजको पाँचौँ तलाबाट खसेका डाक्टरको मृत्यु पूर्वप्रधानमन्त्री भट्टराई भारत जाँदै योग, ध्यान, आयुर्वेदलाई हेर्ने छुट्टै मन्त्रालय बनाइयोस्ः स्वामी आनन्द अरुण आहा ! आलिताल मौन पीडामा रहेकी कालिमायाको याचना … जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसंघमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओलीको बोलीले संसदमा हंगामा



अ+ अ-

काठमाडौँ । ‘आक्रोश, कुण्ठा र निम्छरा अभिव्यक्तिको वास्ता नगरी म वास्तविक प्रश्नको मात्र जवाफ दिन्छु,’ संसद बैठकमा प्रधानमन्त्री केपी ओलीको यो भनाइ नसकिँदै विपक्षी कांग्रेस सांसदले आपत्ति जनाए ।

प्रधानमन्त्री ओलीले व्यक्त गरेको ‘निम्छरा’ शब्द असंसदीय भन्दै संसद रेकर्डबाट हटाउनुपर्ने माग कांग्रेसले राख्यो ।

संसदको मंगलबारको बैठकमा यही ‘निम्छरा’ शब्द दलीय प्रतिष्ठाको विषय बन्यो । एकैछिनमा संसदको माहोल तात्यो । होहल्लाबीच प्रतिनिधिसभाबाट सरकारको वार्षिक नीति तथा कार्यक्रम पारित भयो ।

त्यस क्रममा न विपक्षी कांग्रेसले ढंग पुर्यो न त विगतमा नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको नजिर कायम गर्न सत्तापक्ष सफल भएको अन्नपुर्ण पोष्ट दैनिकमा खबर प्रकाशित छ ।