१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा

श्रीमानको सामुन्ने श्रीमतीको सामूहिक बलात्कार, भिडियो बन्यो भाइरल

श्रीमानको सामुन्ने श्रीमतीको सामूहिक बलात्कार, भिडियो बन्यो भाइरल
अ अ+ अ-

काठमाडौं । राजस्थानको अलवर जिल्लामा एक दम्पत्तीलाई बाटो छेकेर सुनसान स्थानमा पुर्‍याइयो र श्रीमतीमाथि सामूहिक बलात्कार गरेको घटनाको भिडियो पनि भाइरल बनाइएको छ । यस विषयमा दलित संगठनले अलवरको थानामा प्रदर्शन पनि गरेका छन् ।

पुलिसले यो मामलामा एकजनालाई पक्राउ गरेको छ र चारजनाको खोजी भइरहेको छ । लापरवाहीको आरोपमा एसएचओ सरदार सिंहलाई पनि निलम्बन गरिएको छ ।

दलित संगठनका अनुसार लोकसभा चुनावका कारण पुलिसले यो घटनालाई थुप्रै दिनसम्म लुकाएर राखे ।

घटना अप्रिल २६ को हो ।

दलित संगठनका अनुसार पीडित दम्पत्तीले यसबारे मुख खोल्ने हिम्मत गरेनन् किनभने आरोपीले भिडियो भाइरल गरिदिने चेतावनी दिएका थिए । यद्यपी, पछि पैसा मागियो र भिडियो भाइरल बनाइयो ।

पुलिसको कारवाहीः

घटनाका कारण आक्रोशितले मंगलबार पनि प्रदर्शन गर्दै राष्ट्रिय राजमार्ग रोके । त्यसपछि पुलिस सक्रिय भएर एक अभियुक्तलाई पक्राउ गर्‍यो ।

राज्यका पुलिस महानिर्देशक कपिल गर्गले पत्रकार सम्मेलनमा घटनामा पाँचजनाको संलग्नता देखिएको र अभियुक्तको खोजीमा १४ समूह गठन गरिएको जानकारी दिए ।

पीडितको मेडिकल एवं फरेन्सिक जाँच पनि भइरहेको उनले जानकारी दिए ।

प्रदर्शनमा संलग्न अलवर जिल्लाका दलित कार्यकर्ता चरण सिंहले बीबीसीसँगको कुराकानीमा घटना २६ अप्रिलको बताएका छन् । उनका अनुसार पीडित आफ्ना श्रीमानसँग मोटरसाइकलमा गइरहेका बेला पाँचजनाले उनीहरुलाई घेरेर रोके र सुनसाना स्थानमा लगेर श्रीमानको सामुन्ने नै पीडितमाथि दुष्कर्म गरे ।

दलित संगठनका अनुसार अभियुक्त भिडियो बनाइरहे र श्रीमानलाई निर्घात कुटिरहे । बीबीसी