१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा

एक अर्ब सक्कियो तर २२ प्रतिशत बालबालिकाले खोप पाएनन्

एक अर्ब सक्कियो तर २२ प्रतिशत बालबालिकाले खोप पाएनन्
अ अ+ अ-

काठमाडौं । खोप कार्यक्रमअन्तर्गत सरकारले यो वर्ष १ अर्ब रुपैयाँभन्दा बढी लगानी गरेको छ । तर, अझै पनि हजारौं बालबालिका खोपबाट वञ्चित भएका छन् । स्वास्थ्य तथा जनसांख्यिक सर्वेक्षणको पछिल्लो प्रतिवेदनअनुसार विभिन्न प्रकृतिका रोगविरुद्ध अझै २२ प्रतिशत बालबालिकाले खोप लगाउन पाएका छैनन् । सरकारले खोप कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गरेको बताउँदै आए पनि विशेषगरी ग्रामीण क्षेत्रका बालबालिका खोप लगाउनबाट वञ्चित हुनुपरेको अवस्था छ ।

हाल स्वास्थ्य सेवा विभागअन्तर्गत परिवार कल्याण महाशाखाबाट ११ प्रकृतिका खोप १६ हजार खोप केन्द्रबाट उपलब्ध गराउँदै आएको छ । जनचेतनाको अभावका कारण ग्रामीण क्षेत्रका बालबालिका खेपबाट वञ्चित हुनुपरेको छ भने अर्कोतिर खोप कार्यक्रमबारे जानकारी नहुँदा इँटा भट्टामा काम गर्ने अभिभावकका बालबालिका खोप लगाउनबाट वञ्चित हुनुपरेको छ । खोप कार्यक्रमअन्तर्गत मुलुकका ५६ हजार ७ सय बालबालिकाले यो वर्ष क्षेयरोगविरुद्धको खोप ‘बीसीजी’ लगाउन पाएका छैनन् । त्यस्तै, ६९ हजार ३ सय बालबालिकाले भ्यागुते रोग, लहरेखोकी, धनुषटंकार रोगविरुद्धको खोप पेन्टा (डीपीटी, इन्फुलन्जा, हेपाटाइटीस बी) खोप लगाउन पाएका छैनन् ।
परिवार स्वास्थ्य महाशाखाअन्तर्गत खोप शाखाका अनुसार ६९ हजार ३ सय बालबालिकाले पक्षघातविरुद्ध पोलियो खान पाएका छैनन् भने एफआईपीभी खोप लगाउन पाएका छैनन् । यसैगरी, ७५ हजार ६ सय बालबालिका निमोनियाविरुद्ध पीसीभी खोप लगाउनबाट वञ्चित हुनुपरेको छ भने ७५ हजार ६ सय बालबालिका मस्तिष्क सुजन (इन्सेफलाइटिस)विरुद्ध जेई खोप लगाउनबाट वञ्चित भएका छन् ।

खोपको नाम खोपबाट वञ्चित बालबालिका

मिजल्सररुवेला (एमआर) १ लाख ८९ हजार
बीसीजी ५६ हजार ७ सय पेन्टा (डीपीटी, इन्फुलन्जा, हेपाटाइटिस बी) ६९ हजार ३ सय
पोलियो (ओरल), एफआईपीभी इन्जेक्सन ६९ हजार ३ सय
पीसीभी ७५ हजार ६ सय जेई ७५ हजार ६ सय रोटा भाइरस लागू गर्ने योजनामा सरकार रहेको छ

यसैगरी, दादुराविरुद्ध रुवेला खोप लगाउनबाट वञ्चित हुने बालबालिकाको संख्या १ लाख ८९ हजार रहेका छन् । यसरी खोप कार्यक्रम प्रभावकारी हुन नसक्दा ती बालबालिका विभिन्न रोगको उच्च जोखिममा रहेका छन् ।

‘खोप र खोपजन्य सामग्री, कोल्डचेन सामग्री खरिदका लागि १ अर्ब रुपैयाँभन्दा बढी रकम खर्च भएको छ’, खोप शाखाका खोप अधिकृत जगन्नाथ दंगालले भने, ‘खोप लगाउन योग्य एक वर्षमुनिका बालबालिकाको संख्या ६ लाख ३० हजार रहेको छ । हामीले सकेसम्म सबै बालबालिकालाई खोप अभियानमा समेट्ने प्रयास गरेका छौं ।’

सबै प्रकारका भ्याक्सिन विदेशबाट आयात हुने गर्छन् । गभी नामक संस्थाबाट पेन्टा, पीसीभी, एमआर (सेकेन्ड डोज) भ्याक्सिन आउने गरेको महाशाखाले जनाएको छ । झाडापखालाविरुद्ध प्रयोग हुने रोटा भाइरस यो वर्षभित्र लागू गर्ने सरकारको योजना छ ।

यस्तै, पाठेघर क्यान्सर रोगीको संख्या नेपालमा दिनप्रतिदिन बढ्दै गएको छ । यसको नियन्त्रणका लागि सरकारले नयाँ रणनीतिका साथ अघि बढेको महाशाखाले जनाएको छ । महिलाको पाठेघरको मुखको क्यान्सरविरुद्ध लगाइने खोप सुरु गरिने योजना सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ । यसको तयारीका लागि सरकारले सन् २०१५/१६ मा पाठेघरको मुखको क्यान्सरविरुद्ध लगाइने खोपका लागि कास्की र चितवनमा पाइलोटिङ गरेको थियो । महाशाखाका खोप अधिकृत दंगालले यो खोप नौ वर्षदेखि १३ वर्ष उमेर समूहका बालिकालाई लगाइने तयारी गरेको जानाए । राजधानीबाट ।