३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

आगामी सिजनको च्याम्पियन्स लिगमा युनाइटेड छनोट हुन सकेन



अ+ अ-

काठमाडौं । पछिल्ला चार खेलमा जीत दर्ता गर्न नसकेको म्यानचेस्टर युनाइटेड आगामी सिजनको च्याम्पियन्स लिगमा छनोट हुन असफल भएको छ।

आइतबारको खेलमा हड्र्सफिल्डसँग १–१ को बराबरीमा रोकिएपछि लगातार तेस्रो पल्ट च्याम्पियन्स लिगमा छनोट हुन असफल भएको हो ।

सन् २००८ मा च्याम्पियन्स लिग उपाधि उचालेको युनाइटेड सन् २०११ मा फाइनलमा बार्सिलोनासँग पराजित भएको थियो। च्याम्पियन्स लिगमा यो सिजन क्वार्टरफाइनलसम्म पुगेको क्लब प्रिमियर लिगमा ३७ खेलबाट ६६ अंक बटुल्दै छैटौँ स्थानमा छ।

प्रिमियर लिगका शीर्ष चार टोली च्याम्पियन्स लिगमा छनोट हुन्छन्। पाँचौँ स्थानको टोलीले युरोपा लिगको समूह चरण तथा छैटौँ स्थानका टोलीले युरोपा लिगको प्लेअफ खेल्न पाउनेछन्।

३७ खेलबाट ७१ अंक बटुल्दै चेल्सीले भने च्याम्पियन्स लिगमा स्थान पक्का गरेको छ। प्रिमियर लिग उपाधिको होडमा रहेका म्यानचेस्टर सिटीको ९५ अंक छ र लिभरपुलको ९४ अंकका साथ यसअघि नै च्याम्पियन्स लिगमा स्थान सुरक्षित गरेका थिए।

प्रिमियर लिगको अन्तिम चरणको खेलपछि टोटेनह्याम र आर्सनलमध्ये एक टिम च्याम्पियन्स लिगमा छानिनेछ। चौथो स्थानमा रहेको टोटेनह्यामको ३७ खेलबाट ७० अंक र पाँचौँ स्थानको आर्सनलको ६७ अंक छ।