९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

जनप्रतिनिधि र ठेकेदारको मिलोमतोमा बिक्रीका लागि नदीजन्य सामग्री थुपारेको डम्पीङ् फेला

जनप्रतिनिधि र ठेकेदारको मिलोमतोमा बिक्रीका लागि नदीजन्य सामग्री थुपारेको डम्पीङ् फेला
अ अ+ अ-

भद्रपुर । गाउँपालिकाको सडक स्तरीकरणका लागि भन्दै नियम मिचेर उत्खनन गरिएको नदीजन्य सामग्री गाउँपालिका जनप्रतिनिधि र ठेकेदारको मिलोमतोमा बिक्रीका लागि अन्यत्रै थुपारेको(डम्पीङ्) फेला परेको छ ।

हल्दिवारी गाउँपालिका भित्र स्तरीकरण भइरहेका सडकमा हाल्न भनि स्थानीय देउनिया खोलाबाट वातावरणीय परीक्षण नगरिकन नियम विपरित उत्खनन् गरिएको गिटी बालुवा वर्षादमा मोटो रकम असुल्ने लक्ष्य राखेर ठेकेदारको सहजताका लागि १ नम्बर वडाध्यक्ष त्रिलोचन सापकोटा र कार्यपालिका सदस्य सागर पोर्तेलको नेतृत्वमा सामग्री थुपारेको फेला परेको हो ।

गाउँपालिका उपाध्यक्ष तथा अनुगमन समितिका संयोजक डम्बरबहादुर गिरीले अनुगमन गर्दा सडकमा सामग्री हालेको नपाएपछि गरिएको हल्दिवारी १ मा रहेको निर्माणाधीन सापटी पुल नजिकै प्लटिङ्मा र १ नम्बर वडा कार्यालय छेउमा थुपारेको फेला परेपछि घटना सार्वजानिक भएको हो । दुई स्थानमा अनुमानित ३ सय टिपर सामग्री रहेको स्थानीयले बताएका छन् । सामग्री देवनिया खोलाबाट ठेकेदार विरबल योङ्हाङ् र कुमार कार्कीले जेसिभी हालेर उठाएका थिए । जम्मा गरेको सामग्री खोला बन्दको समयमा बिक्री गर्ने उद्देश्यले थुपारिएको एक स्थानीयले नाम नछाप्ने सर्तमा बताए । यो सरासर दोहोरो भष्ट्रचार हो उनले भने जनप्रतिनिधिको नियत नै खराब रहेको उनले आरोप लगाए ।

प्राकृतिक सम्पदा जर्गेना गर्ने उद्देश्यले असारदेखि भदौ महिनासम्म खोलाबाट नदीजन्य सामग्री उत्खनन गर्न नपाइने भएकोले गाउँपालिका क्षेत्रभित्र सडक स्तरोन्नति गर्नका लागि गाउँ सभाले खोला ठेक्का नलगाइ स्थानीय खोला नै प्रयोग गर्ने निर्णय गरेको थियो । वैधानिकताका लागि वातावरणिय परिक्षण(आइ ई ई) समेत स्वृकित भएको थियो । गाउँपालिका क्षेत्रभित्र प्रयोग गर्ने गरि ५ वटै वडाबाट अध्यक्ष सापकोटा संयोजक, भौतिक पूर्वाधार समितिका संयोजक पोर्तेल सचिव,प्राविधिक र वडा अध्यक्ष समेतको सदस्य रहने गरि कार्यपालिका वैठकबाट ग्राभेल व्यवस्थापन समिति गठन भएको थियो ।

गठित समितिले खोलाबाट उत्खनन गरिएको सामग्री गाउँपालिका क्षेत्र भित्र रहेका सडकमा लगाउनु पर्ने जिम्मेवारी पाएको थियो । खोलाबाट उठाएको सामग्री २ र ३ नम्बर वडाका केही सडकमा लगाइरहेपनि अन्य वडाका सडकमा नलगाइ ठेकेदारले थुपारेको छ भन्ने जिल्ला प्रशासन ,स्थानीय, भेलागढी सामुदायिक वन लगायतबाट गुनासो आएपछि अनुगमनको लागि अनुगमन समितिका संयोजक तथा उपप्रमुख गिरी सहितको टोली देवनिया खोला गएको थियो । उत्खनन पनि लापारबाही तरिकाले गरेको ,खोला तटबन्धन गरेको जाली पनि बिगारेको लगायतको दृष्य फेला पारेको थियो ।

त्यसपछि टिपरलाइ पछ्याउदै जाँदा स्थानीय ठेकेदारले सामग्री थुपारेको फेला पारेको गिरीले बताए । संयोजक सापकोटा कै वडामा चै एक टिपर पनि सामग्री सडकमा नहालेको फेला पारेको उनले बताए । १ नम्बर वाडमा ग्राभेल गर्न भन्दै ठेकेदारले डम्पिङ् गरेर राखेको पाइएको उनको भनाइ छ । घटनापछि तत्काल यो कानून विपरित भएकोले खोलाबाट जेसिभी र टिपर हटाएको उनले बताए । गाउँपालिकाबाट राजस्व उठाउन खोला पठाएको व्यक्तिलाइ समेत सापकोटा र पोर्तेलले समेत राजस्व उठाउन नदिएको उनको भनाइ छ । राजस्व पनि काटन नदिने र ठेकेदारले डम्पीङ् गरेर राख्नुमा केही गडबढी देखिएको उनले जनाए । डम्पीङ् गरेको सामग्रीको विषयमा सोही समितिले के गर्ने हो समिति नै जिम्मेवार हुनुपर्ने उनको भनाइ छ ।

खोला बन्द भएको समयमा जहाँ – जहाँ स्तरोन्नति गरिनु पर्ने हो सोही ठाउँमा सामग्री थुपार्नु पर्नेमा सो नगरिएको फेला परेको गाउँपालिका अध्यक्ष रविन्द्रप्रसाद लिङ्देनले बताए । घटना सार्वजानिक भएकोले यो विषयमा अनुसन्धान अघि बढाइएको उनको भनाइ छ ।

गोलधापमा रहेको तीनओटा सडकमा लगाउनु पर्ने ग्राभेल पानी परेका कारण लगाउन नसकिएको भन्दै सामग्री जम्मा गरेको ठेकेदारले जवाफ दिएको संयोजक सापकोटाले बताए । जम्मा गरेको सामग्रीलाइ तत्काल सडकमा लगाउन निर्देशन दिइसकेको उनको भनाइ छ । ठेकेदारसँग कुनै मिलोमतो नभएको उनले दाबी गरे ।