९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

रंजन गोगोईमाथि लागेको यौन उत्पीड़नको आरोपमा सफाई, महिलाहरुकाे सर्वोच्च बाहिर प्रर्दशन

रंजन गोगोईमाथि लागेको यौन उत्पीड़नको आरोपमा सफाई,   महिलाहरुकाे सर्वोच्च बाहिर प्रर्दशन
अ अ+ अ-

काठमाडौं । भारतीय सर्वोच्च अदालतका प्रधान न्यायाधीश रञ्जन गोगोईमाथि लागेको यौन उत्पीड़नको आरोपमा सफाई पाएका छन् ।

गोगईले सफाई पाएपछि दर्जनौं महिलाहरुले नयाँ दिल्लीस्थित सर्वोच्च अदालत बाहिर प्रर्दशन गरेका छन् । तीमध्ये करिव ५० जनालाई प्रहरीले नियन्त्रणमा लिएका छ ।

प्रधान न्यायाधीश गोगोईले आफूविरुद्ध अदालतका पूर्वकर्मचारीले लगाएको आरोप ‘अविश्वसनीय’ रहेको प्रतिक्रिया दिएका छन् । यस क्रममा प्रधान न्यायाधीश गोगोईले आफूमाथि लागेको आरोप आधारहीन रहेको र यसको पछाडी कुनै ठूलो शक्तिको हात हुन सक्ने प्रतिक्रिया दिएका छन् ।

यता, न्यायाधीशहरूको तीन सदस्यीय छानबिन समितिले पनि गोगोईमाथि लागेको आरोपहरूमा कुनै सत्यता नभएको ठहर गरेको छ छ ।

प्रधानन्यायाधीश गोगोइका एक पूर्वसहयोगीले अप्रिल १९ मा यौन दुव्र्यवहार गरेको आरोप लगाएकी थिइन् । र त्यसको जाँच गर्न सर्वोच्च अदालतका २२ जर्जहरुसँग माग गरेका थिए । त्यसपछि अदालतको फुलकोर्टले प्रधानन्यायाधीशपछिका वरिष्ठ न्यायाधीश शरद अरविन्द बोबडेको संयोजकत्वमा तीन न्यायाधीश सम्मिलित छानबिन समिति गठन गरिएको थियो ।

जसमा महिला न्यायाधीशद्वय इन्दिरा बनर्जी , इन्दु मल्होत्रा सहभागी थिए । भारतका प्रधानन्यायाधीश यौन दुव्र्यवहारको आरोपमा छानबिन समिति समक्ष उपस्थित भएको यो पहिलो घटना हो ।

महिलाले गोगोईले आफूमाथि यौन उत्पीडन गरेको, उनको प्रस्तावमा सहमत नभएपछि जागिरबाट हटाएको र आफ्नो परिवारलाई विभिन्न तरिकाले प्रताडित गरेको आरोपसमेत लगाएकी थिइन् ।