६ आश्विन २०८१, आईतवार
,
Latest
मन्त्री खड्काद्वारा सुनसरी–मोरङ सिँचाइ आयोजनाको समस्या समाधान गर्न निर्देशन दुई वर्षदेखि खेलमैदान अलपत्र रेष्टुराँमा परिकार बनिरहेको अरिङ्गाल किन जोगाउनुपर्छ ? नरेशले ममताको हत्या गरी फरक–फरक ठाउँ डिस्पोज गरेका थिए अर्थमन्त्री पौडेल र आइएमएफ उपनिर्देशकबीच शिष्टाचार भेट मार्क्सवादी दिसानायके श्रीलंकाको भावी राष्ट्रपति हुने, रनिल विक्रमासिंघेको हार भुक्तानी नपाएपछि लुम्बिनी क्षेत्र भित्र निर्माणका काम ठप्प, निर्माण व्यवसायी धर्नामा गर्भवतीको हेलिकप्टरमार्फत उद्धार एकैदिन १७ सयले बढ्दै सुन मूल्यमा नयाँ रेकर्ड, तोलामा कति पुग्यो? कोरियाले नेपाललाई दिएका गाईका बाछी स्थानीयलाई उपहार
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

सीप त सिकियो, काम खोजिदिनुस्…..



अ+ अ-

संकेतिक फोटो

तनहुँ कारागारमा सजाय भोगिरहनुभएका होमबहादुर दर्जी तीन महीने सिलाइकटाइ तालीम लिएपछि उत्साहित हुनुहुन्छ । घरेलु तथा साना उद्योग विकास समिति र व्यास नगरपालिकाको सहयोगमा कारागारमा सञ्चालित सिलाइकटाइ तालीमले उहाँलाई स्वरोजगार बन्न उत्प्रेरणा जगाएको छ ।

कारागारमा यत्तिकै बस्नुभन्दा केही सीप सिक्ने इच्छाबमोजिम तालीममा सहभागी हुनुभएका उहाँले सीप सिकेपछि अब कामको माग गर्नुभएको छ । उहाँले भन्नुभयो, ‘सीप त सिकियो, अब कामको खोजी गरेका छौँ ।”

उहाँको कैद भुक्तानी हुन अब दुई महीना बाँकी छ । कैद भुक्तान गरेर बाहिर निस्केपछि समेत सिलाइकटाइ व्यवसाय सञ्चालन गर्ने सोच बनाएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “विभिन्न कारणवश कारागार आएर सजाय काटेँ, अब बाहिर निस्केर उद्यमी बन्ने सोच लिएको छु ।”
कारागारमा नौ महीनादेखि सजाय काटिरहनुभएका गणेशबहादुर गुरुङले समेत तालीमपछि अबको कामको सुनिश्चितता हुनुपर्ने बताउनुभयो । तालीमले उत्साहित बनाएको भन्दै उहाँले कारागार प्रशासनले कामको खोजी गरिदिनुपर्ने उहाँले माग गर्नुभयो । उहाँले भन्नुभयो, “आफूको मागबमोजिम नै कारागारले सिलाइकटाइ तालीमको व्यवस्था गरिदियो, अब कामको पनि व्यवस्था गरिदिए हामीलाई सहज हुन्थ्यो ।”

होमबहादुर र गणेशबहादुर जस्तै कारागारमा सजाय भोगिरहेका ११ जना कैदीबन्दी सिलाइकटाइ तालीमपछि उत्साहित भएका छन् । कारागारमा यत्तिकै बितिरहेको समयलाई सदुपयोग गर्दै सिलाइकटाइ तालीम लिएपछि उनीहरुमा उद्यमी बन्ने सोच पलाएको छ ।

कारागारबाट निस्किएपछि सिलाइकटाइ तालीम सञ्चालन गरेर उद्यमी बन्ने ज्ञानेन्द्रबहादुर श्रेष्ठले बताउनुभयो । सिलाइकटाइ तालीम लिनुभएका मोतीलाल गुरुङ, नुर अहमद मियाँ, मोतीलाल सुनार, सन्तबहादुर श्रेष्ठ र विष्णुकान्त परियारले समेत अब काम खोजीदिन आग्रह गर्नुभएको छ ।

माघ २४ गतेदेखि शुरु भएको तालीममा प्रशिक्षक मानबहादुर परियारले प्रशिक्षण दिनुभएको थियो । प्रशिक्षणको क्रममा कैदीबन्दीलाई मेसिन फिटिङ गर्ने, कपडा काट्ने, टाँकघर बुन्ने, पेटीकोट सिलाइ, सर्ट सिलाइ, पाइन्ट सिलाइलगायतका सीप प्रदान गरिएको दर्जीले जानकारी दिनुभयो ।

जिल्ला कारागारका निमित्त प्रमुख नारायण अधिकारीले कैदीबन्दीको मागबमोजिम नै सिलाइकटाइ तालीम सञ्चालन गरिएको जानकारी दिँदै अबको कामको व्यवस्थाको लागि पहल गरिने बताउनुभयो ।

उहाँले भन्नुभयो, “गार्मेन्ट उद्योगबाट आउने सिलाइकटाइका काम कारागारमा पनि उपलब्ध गराउन प्रयास भइरहेको छ ।” प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले तालीमले कैदीबन्दीलाई आत्मनिर्भर बन्न सहयोग पुगेकोले कैदीबन्दीले सीपको सदुपयोग गर्नुपर्ने बताउनुभयो ।

उहाँले कारागारमा रहेका अन्य कैदीबन्दीका लागि समेत माग बमोजिम तालीमको व्यवस्था गरिने जानकारी दिनुभयो । २५ जना क्षमता रहेको तनहुँ कारागारमा ६९ थुनुवा र ६७ कैदी गरी १३६ जना रहेका छन् ।