२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालको आकाशमा राजस्थानको धुलो,मौसममा प्रतिकुल असर



अ+ अ-

काठमाडौं । भारतीय क्षेत्रमा पर्ने मरुभूमिबाट आएको धुलोले नेपालको वातावरणमा प्रतिकुल असर पारेको छ ।

राजस्थानबाट आएको धुलोका कारण मौसम पूर्ण रुपमा खुल्न नसकेको मौसमविद् विभूति पोख्रेलले जानकारी दिए । यसकै प्रभावले बुधबार पश्चिम तराईको एकदुई ठाउँमा धुलोसहितको हावा चल्ने सम्भावना रहेको उनले बताए ।

केही दिन पानी पर्ने सम्भावना नरहेको कारण बुधबार र बिहीबार मौसमको अवस्था उस्तै रहने छ । बुधबार मुलुकको प्राय सबै ठाउँमा मौसम सफा भएपनि पूर्वी पहाडी क्षैत्रमा भने मेघ गर्जनसहित पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यद्यपी शुक्रबार साँझ तिर भने पश्चिमी वायुको प्रभाव नेपालको पश्चिमी भागमा प्रवेश गरेर पानी पर्ने सम्भावना रहेकाले त्यसपछि मात्रै मौसममा सुधार हुने उनले बताए ।