१७ भाद्र २०८३, बुधबार
,
Latest
जनपरिचालन र समन्वय अभावमा सरकार उद्धार कार्यमा असफलः प्रचण्ड पर्यटन पुनरुत्थानका लागि सरकार, पर्यटन बोर्ड र निजी क्षेत्र एकजुट हुनुपर्छः सांसद रेग्मी भोटेकोशी बाढी प्राकृतिक कि मानव सिर्जित भन्ने विषयमा वस्तुगत अध्ययन आवश्यकः नेता थापा ‘यो प्राण बचाउने समय हो’-आङ्देम्बे प्रचारबाजीमा नलागी नागरिकको जीवन रक्षामा केन्द्रित हुन सरकारलाई काँग्रेसको आग्रह प्रधानमन्त्री राहत कोषमा जुट्यो करिब आठ अर्ब हिमताल विस्फोटको जोखिम न्युनिकरण गर्न पूर्वसूचना प्रणाली विस्तार गर्न आवश्यक: सांसद कार्की विपद्मा नेतृत्वको काम उद्धारमा दौडिनु होइन, संयन्त्र परिचालन गर्नु होः उपनेता पराजुली जलवायु परिवर्तनका कारण भोग्नुपरेको विपद्बारे अन्तर्राष्ट्रिय समुदायमा बलियो गरी आवाज उठाउनुपर्छः प्रधानमन्त्री साह टनेलभित्रसम्म बाढी पसेकाले उद्धारमा कठिनाई भइरहेको छ, भारतीय, चिनियाँ र कोरियन विज्ञ टोली परिचालित छन्ः…
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालको आकाशमा राजस्थानको धुलो,मौसममा प्रतिकुल असर



अ+ अ-

काठमाडौं । भारतीय क्षेत्रमा पर्ने मरुभूमिबाट आएको धुलोले नेपालको वातावरणमा प्रतिकुल असर पारेको छ ।

राजस्थानबाट आएको धुलोका कारण मौसम पूर्ण रुपमा खुल्न नसकेको मौसमविद् विभूति पोख्रेलले जानकारी दिए । यसकै प्रभावले बुधबार पश्चिम तराईको एकदुई ठाउँमा धुलोसहितको हावा चल्ने सम्भावना रहेको उनले बताए ।

केही दिन पानी पर्ने सम्भावना नरहेको कारण बुधबार र बिहीबार मौसमको अवस्था उस्तै रहने छ । बुधबार मुलुकको प्राय सबै ठाउँमा मौसम सफा भएपनि पूर्वी पहाडी क्षैत्रमा भने मेघ गर्जनसहित पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यद्यपी शुक्रबार साँझ तिर भने पश्चिमी वायुको प्रभाव नेपालको पश्चिमी भागमा प्रवेश गरेर पानी पर्ने सम्भावना रहेकाले त्यसपछि मात्रै मौसममा सुधार हुने उनले बताए ।