६ आश्विन २०८१, आईतवार
,
Latest
मन्त्री खड्काद्वारा सुनसरी–मोरङ सिँचाइ आयोजनाको समस्या समाधान गर्न निर्देशन दुई वर्षदेखि खेलमैदान अलपत्र रेष्टुराँमा परिकार बनिरहेको अरिङ्गाल किन जोगाउनुपर्छ ? नरेशले ममताको हत्या गरी फरक–फरक ठाउँ डिस्पोज गरेका थिए अर्थमन्त्री पौडेल र आइएमएफ उपनिर्देशकबीच शिष्टाचार भेट मार्क्सवादी दिसानायके श्रीलंकाको भावी राष्ट्रपति हुने, रनिल विक्रमासिंघेको हार भुक्तानी नपाएपछि लुम्बिनी क्षेत्र भित्र निर्माणका काम ठप्प, निर्माण व्यवसायी धर्नामा गर्भवतीको हेलिकप्टरमार्फत उद्धार एकैदिन १७ सयले बढ्दै सुन मूल्यमा नयाँ रेकर्ड, तोलामा कति पुग्यो? कोरियाले नेपाललाई दिएका गाईका बाछी स्थानीयलाई उपहार
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकी विदेशमन्त्री पोम्पेओ इराक भ्रमणमा



अ+ अ-

बग्दाद । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ मङ्गलबार अचानक इराकको राजधानी बग्दाद पुग्नु भएको छ ।

इराक र सिरियामा रहेका अमेरिकी फौज इरानी सैन्यबलको उच्च जोखिममा रहेको भन्ने समाचार बाहिरिए लगत्तै पोम्पेओ इराक पुग्नु भएको हो ।

विदेशमन्त्री पोम्पेओले भ्रमणको उद्देश्य इराकी नेतृत्वसँग भेटेर इरानविरुद्ध दबाव दिने रहेको जनाइएको छ ।
पोम्पेओले छिमेकी मुलुक इरानको प्रभावबाट मुक्त गरी सार्वभौम इराकलाई अमेरिकाको सहयोग रहेको देखाउन चाहेको पनि बताउनुभएको छ ।

जर्मनीको बर्लिनको पूर्व निर्धारित भ्रमण स्थगित गर्दै त्यहाँ पुगेका विदेशमन्त्री पोम्पेओले बग्दादमा चार घण्टा बिताउनुभएको छ ।
उहाँले इराकी राष्ट्रपति बर्हाम सालेह र प्रधानमन्त्री अदेल अब्दुल महादिदसँग भेटवार्ता गर्नु भएको थियो ।