६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसएसपी सुवेदीले सम्हाले प्रहरी परिसर काठमाडौंको प्रमुखको कार्यभार



अ+ अ-

काठमाडौं । प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) उत्तमराज सुवेदीले महानगरीय प्रहरी परिसर काठमाडौंको प्रमुखको कार्यभार सम्हालेका छन् ।

यसअघि एसएसपी सुवेदी प्रहरीको केन्द्रीय प्रवक्ताको रुपमा प्रहरी हेर्डक्वार्टरमा कार्यरत थिए ।

बुधबार कार्यभार सम्हाल्दै एसएसपी सुवेदीले उपत्यकाको शान्ति सुरक्षामा कुनै सम्झौता नहुने बताए ।

एसएसपी सुवेदीले आफू मातहतका प्रहरी इन्चार्जहरुलाई परिसर बोलाएर उपत्यकाको सुरक्षामा विशेष ध्यान दिन निर्देशन दिएका छन् ।

यसअघि परिसरको जिम्मेवारी एसएसपी वसन्त लामाले सम्हालेका थिए ।