२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

तलब र जहाजको किस्ता दिन नसकेको नेपाल एयरलाइन्सलाई ३ अर्ब दिने तयारी



अ+ अ-

काठमाडौं । नेपाल एयरलाइन्समा दैनिक तलबभत्ता वितरण गर्न पैसा अभाव भएपछि सरकारले तत्काल ३ अर्ब रुपैयाँ दिने तयारी गरेको छ।

ब्याजको भारमात्र अरबौं रुपैयाँ बोकेको एयरलाइन्सलाई चालु वर्षको बजेटमा खर्च हुन नसकेको शिर्षकबाट रकमान्तर गरी ऋण स्वरुप दिने तयारी भएको अर्थ मन्त्रालय सम्बद्ध उच्च स्रोतले जानकारी दिएको छ।

एयरबस ए३३० जहाज किन्न लिएको ऋणको किस्ता तिर्न नै २ अर्ब बढी रुपैयाँ बाँकी रहेको छ ।
नेपाल एयरलाइन्सले सरकारसँग पुँजी लगानी स्वरुप २० अर्ब माग गरेको थियो। उसले तत्काल पाँच अर्ब र बाँकी १५ अर्ब विस्तारै लगानी गर्न सरकारसँग माग गरेको थियो।

अर्थको रायअनुसार पर्यटनले तत्काल पाँच अर्ब दिन नसकिने र त्यो पनि ऋण स्वरुपमात्र दिनेगरी ३ अर्बसम्म दिनसकिने जानकारी गराएको छ।