२० जेष्ठ २०८३, बुधबार
,
Latest
फिर्के खोला वरपरका १६० संरचना हटाइयो खेलकुदका माध्यमबाट अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा महत्त्वपूर्ण योगदान पुग्छ : राष्ट्रपति तापक्रममा वृद्धि, काठमाडौँमा पनि बढ्यो गर्मी छल्न बर्दिबासका विद्यालय बन्द अन्नपूर्ण आरोहण दिवसमा लमजुङको दोर्दीमा पर्वतारोहीहरू सम्मानित इरानी आक्रमणमा कुवेत विमानस्थलमा एकको मृत्यु, ६३ घाइते गाजाको ७० प्रतिशत क्षेत्र नियन्त्रण गर्ने विषय अमेरिकी शान्ति योजनामा समावेश छैन : रुबियो अष्ट्रेलियामा विद्युतीय सवारी बजारमा तीव्र वृद्धि दुर्गम क्षेत्रमा इन्टरनेट विस्तारसँगै इन्डोनेसियाको नयाँ डिजिटल नीति पोखरा–जोमसोम हवाई सेवा तीन महिना बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

दिल्ली आइपीएलको क्वालिफायरमा, चेन्नईसंग भिड्ने



अ+ अ-

काठमाडौं । इन्डियन प्रिमियर लिग क्रिकेट (आइपीएल) मा सनराइजर्स हैदरावादलाई हराउँदै दिल्लीले क्वालिफायरमा स्थान बनाएको छ ।

बुधबार राति भएको खेलमा सनराइजर्स हैदरावादलाई दुई विकेटले हराउँदै दिल्लीले क्वालिफायरमा स्थान बनाएको हो । दिल्लीले अब फाइनल प्रवेशका लागि सुक्रबार चेन्नई सुपर किंग्ससँग प्रतिस्पर्धा गर्नेछ । दिल्लीसँगको हारसँगै हैदरवादको आईपीएल यात्रा सकिएको छ ।

एक सय ६३ रनको विजयी लक्ष्य पछ्याएको दिल्लीले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय ६५ रन जोड्दै लक्ष्य पूरा गरेको थियो । दिल्लीको जितमा पृथ्वी शा ले ५६ रनको अर्धशतकीय इनिङ खेले । ऋषभ पन्तले ४९, शिखर धवनले १७ र कोलिन मुरानोले १४ रन बनाए । बलिङमा हैदरावादका लागि राशिद खान, भुवनेश्वर कुमार र खलिल अहमदले दुई दुई विकेट लिए । दिपक होडाले एक विकेट लिएका थिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हैदरावादले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय ६२ रन बनाएको थियो । हैदरावादका लागि ओपनर मार्टिन गुप्टिलले सर्वाधिक ३६ रन बनाए । कप्तान केन विलियम्सनले २८ रन बटुले । मनिष पाण्डेले ३०, विजय शंकरले २५ र मोहमद नाबीले २० रन बनाए । बलिङमा दिल्लीका किमो पलले तीन विकेट लिए ।

ईशान्त शर्माले दुई तथा अमित मिश्रा र टेन्ट्र बोल्टले एक एक विकेट झारे । यद्यपी दिल्लीले यस खेलमा नेपालका बलर सन्दीप लामिछानेलाई खेलाएको थिएन ।