६ पुष २०८२, आईतवार
,
Latest
२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण अंगका रुपमा अघि बढाएको छः मन्त्री गौतम योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै अपी हिमालः तीन वर्षमा ५ हजार पर्यटक भित्रिए विराटनगरमा नोबेल मेडिकल कलेजको पाँचौँ तलाबाट खसेका डाक्टरको मृत्यु पूर्वप्रधानमन्त्री भट्टराई भारत जाँदै योग, ध्यान, आयुर्वेदलाई हेर्ने छुट्टै मन्त्रालय बनाइयोस्ः स्वामी आनन्द अरुण आहा ! आलिताल मौन पीडामा रहेकी कालिमायाको याचना … जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसंघमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

दिल्ली आइपीएलको क्वालिफायरमा, चेन्नईसंग भिड्ने



अ+ अ-

काठमाडौं । इन्डियन प्रिमियर लिग क्रिकेट (आइपीएल) मा सनराइजर्स हैदरावादलाई हराउँदै दिल्लीले क्वालिफायरमा स्थान बनाएको छ ।

बुधबार राति भएको खेलमा सनराइजर्स हैदरावादलाई दुई विकेटले हराउँदै दिल्लीले क्वालिफायरमा स्थान बनाएको हो । दिल्लीले अब फाइनल प्रवेशका लागि सुक्रबार चेन्नई सुपर किंग्ससँग प्रतिस्पर्धा गर्नेछ । दिल्लीसँगको हारसँगै हैदरवादको आईपीएल यात्रा सकिएको छ ।

एक सय ६३ रनको विजयी लक्ष्य पछ्याएको दिल्लीले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय ६५ रन जोड्दै लक्ष्य पूरा गरेको थियो । दिल्लीको जितमा पृथ्वी शा ले ५६ रनको अर्धशतकीय इनिङ खेले । ऋषभ पन्तले ४९, शिखर धवनले १७ र कोलिन मुरानोले १४ रन बनाए । बलिङमा हैदरावादका लागि राशिद खान, भुवनेश्वर कुमार र खलिल अहमदले दुई दुई विकेट लिए । दिपक होडाले एक विकेट लिएका थिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हैदरावादले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय ६२ रन बनाएको थियो । हैदरावादका लागि ओपनर मार्टिन गुप्टिलले सर्वाधिक ३६ रन बनाए । कप्तान केन विलियम्सनले २८ रन बटुले । मनिष पाण्डेले ३०, विजय शंकरले २५ र मोहमद नाबीले २० रन बनाए । बलिङमा दिल्लीका किमो पलले तीन विकेट लिए ।

ईशान्त शर्माले दुई तथा अमित मिश्रा र टेन्ट्र बोल्टले एक एक विकेट झारे । यद्यपी दिल्लीले यस खेलमा नेपालका बलर सन्दीप लामिछानेलाई खेलाएको थिएन ।