१४ असार २०८३, आईतवार
,
Latest
चट्याङ लागेर एक महिलाको मृत्यु कुवेत र बहराइनस्थित अमेरिकी सैन्य केन्द्रमा आक्रमण गरेको इरानको दाबी सङ्घीयता कार्यान्वयन: २५ करोड सम्मको पुँजीका उद्योग दर्ता र नवीकरण प्रदेशबाटै इराक र इरानका विदेशमन्त्रीबीच द्विपक्षीय सम्बन्ध र क्षेत्रीय सुरक्षाबारे छलफल नुहाउन गएका दुई बालकको डुबेर मृत्यु अवैध लागुऔषधसहित विभिन्न स्थानबाट २५ जना पक्राउ नेपाल र विभिन्न मुलुकलाई जोड्न संसदीयमैत्री समूह गठन उत्तरपूर्वी फ्रान्समा विमान दुर्घटना हुँदा ११ जनाको मृत्यु प्रत्यक्ष कार्यकारी शासन प्रणालीको प्रस्ताव हाम्रो विविधतायुक्त मुलुकका लागि उपयुक्त हुन सक्दैन जुवातास खेलिरहेका अवस्थामा २१ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपत्यका विकास प्राधिकरण खारेज गर्न मेयरको माग



अ+ अ-

काठमाडौं । उपत्यकाका नगरप्रमुखहरुले उपत्यका विकास प्राधिकरण खारेजीको माग अघि सारेका छन्। वर्तमान संविधानविपरित गठित र स्थानीय सरकारको मर्म नबुझी कार्य गरेको आरोप लगाउँदै उनीहरुले प्राधिकरण खारेज हुनुपर्ने बताएका हुन्।

उपत्यका नगरपालिका फोरमद्वारा बुधबार काठमाडौँमा आयोजित कार्यक्रममा उपत्यकाका १८ मेयरले प्राधिकरण खारेज गर्न माग गरेका हुन्। कार्यक्रममा काठमाडौँ र ललितपुर महानगरपालिकासहित उपत्यकाका १८ मेयर, उपमेयर लगायतको सहभागिता थियो।

गाउँपञ्चायतबाट गाविस हुँदै नगरपालिका भइसक्दा पनि ऐन परिवर्तन नभएको र उक्त ऐनका विभिन्न दफा स्थानीय सरकार ऐन २०४७ सँग बाझिएको र संबैधानिक अस्तित्व नभएकाले प्राधिकरण खारेज गर्नुपर्ने माग गरिएको फोरमका सचिव तथा मध्यपुर ठिमी नगरपालिकाका प्रमुख मदन सुन्दर श्रेष्ठले बताए। यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।