१७ भाद्र २०८३, बुधबार
,
Latest
भोटेकोशी बाढीपीडितका लागि प्रभु बैंकले गर्‍यो २ करोड ११ लाख रुपैयाँ सहयोग शाही युवा शक्ति नेपालद्धारा रसुवा बाढीपिडित नागरिकलाई राहत बितरण संकटको यो घडीमा देशको नेतृत्वले आँशु होइन, जनतालाई हिम्मत, आड र भरोसा दिनुपर्छ भन्ने यथार्थलाई… भोटेकोशी–त्रिशूली बाढीप्रति प्रतिनिधि सभाको बैठकमा विशेष प्रस्ताव जनपरिचालन र समन्वय अभावमा सरकार उद्धार कार्यमा असफलः प्रचण्ड पर्यटन पुनरुत्थानका लागि सरकार, पर्यटन बोर्ड र निजी क्षेत्र एकजुट हुनुपर्छः सांसद रेग्मी भोटेकोशी बाढी प्राकृतिक कि मानव सिर्जित भन्ने विषयमा वस्तुगत अध्ययन आवश्यकः नेता थापा ‘यो प्राण बचाउने समय हो’-आङ्देम्बे प्रचारबाजीमा नलागी नागरिकको जीवन रक्षामा केन्द्रित हुन सरकारलाई काँग्रेसको आग्रह प्रधानमन्त्री राहत कोषमा जुट्यो करिब आठ अर्ब
तपाईं के खोज्दै हुनुहुन्छ ?

आयाक्सलाई हराउदै टोटनह्याम च्याम्पियन्स लिगको फाइनलमा, लुकासको ह्याट्रिक



अ+ अ-

काठमाडौं । टोटनह्यामले आयाक्सलाई हराउदै च्याम्पियन्स लिगको फाइनलमा स्थान बनाएको छ ।

सेमिफाइनलको दोस्रो लेगमा टोटनह्यामले आयाक्सलाई ३–२ ले हराएको थियो । पहिलो लेगमा भने ०–१ ले पराजित भएको थियो । समग्रमा स्कोर ३–३ भए पनि अवे गोलको आधारमा टोटनह्याम फाइनलमा पुगेको हो ।

टोटनह्याम पहिलो हाफमै दुई–शून्यले पछाडि परेको थियो । तर दोस्रो हाफमा लुकास मोउराको ह्याट्रिक मद्दतमा नतिजा आफ्नो पक्षमा पार्न सफल भयो । आयाक्सका लागि पहिलो गोल कप्तान मेथिस डी लिटले ५ औं मिनेटमै गरेका थिए । त्यसपछि ३६ औं मिनेटमा हाकिम जियाकले टिमका लागि दोस्रो गोल गरे ।

तर लुकासले ५५ औं, ५९ औं र इन्जुरी समयमा गोल गर्दै टिमलाई जिताए ।

टोटनह्याम च्याम्पियन्स लिगको फाइनलमा पुगेको यो पहिलो पटक हो । टोटनह्यामले अब फाइनलमा इंग्ल्याण्डकै क्लब लिभरपुलसँग जुन २ तारिखमा प्रतिस्पर्धा गर्ने छ ।




भर्खरै