६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

आयाक्सलाई हराउदै टोटनह्याम च्याम्पियन्स लिगको फाइनलमा, लुकासको ह्याट्रिक



अ+ अ-

काठमाडौं । टोटनह्यामले आयाक्सलाई हराउदै च्याम्पियन्स लिगको फाइनलमा स्थान बनाएको छ ।

सेमिफाइनलको दोस्रो लेगमा टोटनह्यामले आयाक्सलाई ३–२ ले हराएको थियो । पहिलो लेगमा भने ०–१ ले पराजित भएको थियो । समग्रमा स्कोर ३–३ भए पनि अवे गोलको आधारमा टोटनह्याम फाइनलमा पुगेको हो ।

टोटनह्याम पहिलो हाफमै दुई–शून्यले पछाडि परेको थियो । तर दोस्रो हाफमा लुकास मोउराको ह्याट्रिक मद्दतमा नतिजा आफ्नो पक्षमा पार्न सफल भयो । आयाक्सका लागि पहिलो गोल कप्तान मेथिस डी लिटले ५ औं मिनेटमै गरेका थिए । त्यसपछि ३६ औं मिनेटमा हाकिम जियाकले टिमका लागि दोस्रो गोल गरे ।

तर लुकासले ५५ औं, ५९ औं र इन्जुरी समयमा गोल गर्दै टिमलाई जिताए ।

टोटनह्याम च्याम्पियन्स लिगको फाइनलमा पुगेको यो पहिलो पटक हो । टोटनह्यामले अब फाइनलमा इंग्ल्याण्डकै क्लब लिभरपुलसँग जुन २ तारिखमा प्रतिस्पर्धा गर्ने छ ।