९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

संसदमा कंग्रेस नेता र प्रधानमन्त्रीको रोइला !

संसदमा कंग्रेस नेता र प्रधानमन्त्रीको रोइला  !
अ अ+ अ-

सधै झै अशान्त रहने नेपालको संसद यसपाली पनि अशान्त नै भयो । कमजोर प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरू र प्रधानमन्त्री केपी शर्मा ओलीले बोलेका शब्दबारे हंगामा नै मचियो । कांग्रेसका सांसदहरू मुलत यसपालीको प्रधानमन्त्री ओली सरकारले ल्याएका आफ्नो नीति तथा कार्यक्रममा नै खोट लगाउन तल्लिन भएका देखिन्थे ।

बिशेष गरि सरकारले ल्याएका नीति तथा कार्यक्रममा उल्लेख भएका रेल, हवाईजहाज बिसाउने रोड, महिला हिसांका घटनामा सुधार र सडक कालो पत्रेको कुरामा संसद हलभित्र नै हासिमजाक चलेको थियो ।

मंगलबार नीति तथा कार्यक्रममा छलफल भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदले उठाएको प्रश्नको जवाफ दिएका थिए। जवाफमा सांसदहरूलाई स्पष्टिकरण राख्न सभामुखले एक मिनेटको समय दिएका थिए। जसमा सांसदहरुले प्रधानमन्त्रीमाथि प्रश्नको वर्षा गरेका थिए।

लगत्तै जवाफ दिन रोष्टममा उभिएका प्रधानमन्त्री केपी शर्मा ओलीले ‘आक्रोश, कुण्ठा र निम्छरा अभिव्यक्तिको वास्ता नगरी प्रश्नको जवाफ प्रस्तुत गर्छु,’ भन्दै जवाफ दिन सुरू गरेका थिए। तर प्रधानमन्त्री बोल्न सुरू गरेलगत्तै कांग्रेस सांसद मीनबहादुर विश्वकर्माले नियम बिपरीत बोलेको भन्दै आलोचना गर्न सुरु गरियो । उनले प्रधानमन्त्रीको भाषामा प्रश्न उठाए। उनले प्रधानमन्त्रीको शब्दमा नियमापत्ती जनाउँदै संसदीय भाषा नभएको तर्क गरे।

संसद भवन फेरी स्कुले बालबालिकाको लडाई खेल्ने मैदान जस्तो बनेको देखिन्थो । एक ठाँउबाट प्रधानमन्त्री ओली चिच्याई चिच्याई ‘माननीयहरू म धेरै बहसमा जान चाहन्नँ। प्रश्नको मर्यादा हुन्छ,’ भन्दै जवाफ दिदै थिए भने अर्का तर्फ सांसद विश्वकर्माले २५ अर्बमाथिको ठेक्का प्रधानमन्त्रीले दिने भएपछि कति भ्रष्टाचार गर्नुहुन्छ ? भनेर प्रश्न सोधिरहेका थिए।

सांसदले प्रश्न सोध्न पाउने अधिकार र सरकारले जवाफ दिने व्यवस्था सुनिश्चित गरिएको छ । त्यही व्यवस्थाको सभ्य र शालिन ढङ्गले प्रयोग गर्नु पर्छ भन्ने कुराको ज्ञान समेत नराखि प्रधानमन्त्री ओली अमानविय व्यवहार देखाउन तलिन भएर लागेका देखिन्थे । आफ्नो पर्टीको दुई तिहाइको दम्भ भनुम वा के भनुम प्रधानमन्त्री ओली आफैँ झगडा र पानी बाराबारको स्थितिमा उभिन तयार भएको जस्तो देखिन्थो ।

गफकै भरमा राजनीतिक व्यवस्था चल्छ भन्ने हाम्रो नेताहरुको नियति छताछुल्ल रुपमा देखिन्थो । सामन्यतया संसदीय शासन प्रणाली भन्नाले जनतासँग प्रत्यक्ष सरोकार राख्ने जनताकै निर्वाचित भएर गएका प्रतिनिधिहरू मिलेर सरकार बनाउने तथा शुसान संचालन गर्ने परिपार्टीलाई बुझाउँदछ भन्ने कुराको ज्ञान समेत नभएका सांसदहरु आफ्नै कुरामा दोहोरी खेल्नमा ब्यस्थ रहेका थिए ।

सरकारले ल्याएका कार्यक्रमहरुको बारेमा जनता जान्न चाहान्छन् उनिहरुले पनि जान्नुपर्छ भन्ने कुराको ज्ञान प्रधानमन्त्री ओलीमा देखिएको थिएन् । सभ्य र शालिन ढङ्गले प्रस्तुत हुनुको सट्टामा उनि ‘माननीय र सम्मानीय’हरूले संसदमा रौद्र रूप प्रदर्शन गर्नु शोभनीय हुँदैन भन्दै एकहोरो चिच्हाट लगाई राख्नुले उनमा राजनीतिक ज्ञानको भन्दा नैतिकताको ज्ञान अभाव भएको जस्तो देखिन्थो ।

सत्तापक्ष वा सरकार वा प्रधानमन्त्री वा मन्त्रीहरुले सभ्य र शालिन ढङ्गले तर्क र तथ्यका आधारमा जवाफ दिनुपर्ने हुन्छ । संसदीय व्यवस्थाको मुल मर्म नै त्यसलाई मानिन्छ । तर यो मर्मलाई के सत्तापक्ष के प्रतिपक्ष कसैले पनि ख्याल गरेको देखिँएन् ।

संसदमा भएको यस्तो तल्लो स्तरको भनाभनको स्थितिले दलहरु आफैँले बनाएका नियम, कानुन र समग्र व्यवस्थालाई गिज्याएको मात्रै छैन, हाम्रो व्यवस्था र नेता कति ठीक छन् भनेर सोच्न बाध्य बनाएको छ ।

प्रतिनिधिसभाको बैठकमा जे–जस्ता प्रस्तुति र दृश्य देखिए, तिनले नेपाली राजनीति र राजनीति गर्ने नेताको चरित्रका साथै समाजको वास्तविक मुहार प्रतिविम्बित भयो ।

गाउँ समाजमा छिमेकी छिमेकीबीच हुने झगडा र मुख छाडाछाडलाई गर्ने प्रवृति पुनः एक पटक संसदमा देखियो । पानी बाराबारको स्थिति आउन थालेपछि त्यसको फाइदा अरूले नै लिन्छ है भन्ने कुराको हेक्का नहुँदा त्यो दृश्य र प्रस्तुतिले अझैँ पनि हाम्रा राजनीतिक दल, सांसद, मन्त्री तथा प्रधानमन्त्रीमा पुरानै सोच, व्यवहार शैली गएको रहेनछ भन्ने सहजै बुझ्न सकिन्छ । तसर्थ आउने राजनीतिक पिढिमा प्रेरणको स्रोत बन्नुपर्ने प्रधानमन्त्रीको शैली नै बच्चाको जस्तो भएपछि अरुले उनिबाट के सिक्ने भन्ने कुराको प्रश्न पैदा हुन्छ ।