६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

५५ वर्षे डाक्टरबाट हिन्दी सिरियल खेल्ने २१ वर्षीया मोडलको बलात्कार



अ+ अ-


काठमाडौं । मुम्बईमा एक डाक्टरबाट २१ वर्षे मोडललाई बलात्कार गरेको आरोपमा पक्राउ गरिएको छ । उमेरले ५५ वर्ष काटेका डाक्टरले वर्सोवामा मोडललाई एउटा घर पनि दिएका थिए ।

पुलिसका अनुसार मोडलको एक सिरियलमा काम गर्नेबेला डाक्टरसँग चिनजान भएको थियो ।

मिडिया रिपोर्ट अनुसार पीडित मोडललाई आरोपी डाक्टरलाई उपचारको सिलसिलामा भेट्न गइन्, त्यसपछि उनीहरुबीच दोस्ती भयो थियो।

पीडितको आरोप अनुसार डाक्टरले उनका केही आपत्तिजनक तस्बिर खिचेका थिए । त्यही फोटोको आडमा डाक्टरले आफूलाई ब्ल्याकमेल गर्ने गरेको आरोप लगाइन् ।

यस्तै पुलिसका अनुसार बलात्कारपछि डाक्टरले पीडितलाई यसबारे कसैलाई पनि नभन्न दबाब दिएका थिए । यसबारे कसैलाई जानकारी दिए तस्बिर भाइरल गरिदिने धम्की डाक्टरले दिने गरेको उनले बताइन् ।