२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री ओलीको उडानले आधा घण्टा विमानस्थल ठप्प, उपत्यकाका सडकमा लामो सवारी जाम



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार दक्षिणपूर्वी एसियाली मुलुकहरू भियतनाम र कम्बोडियाको भ्रमणमा जाँदैछन्।

नेपाली टोलीको नेतृत्व गर्दै प्रधानमन्त्री ओली नेपाल एयरलाइन्सको जहाज चार्टर्ड गरेर बिहान ११ बजेपछि होनाइका लागि उड्ने कार्यक्रम थियो ।

प्रधानमन्त्री ओलीको उडानको समयलाई ध्यानमा राखेर आधा घण्टा विमानस्लथमा विमानको उडान अवतरण रोकेको विमानस्थल कार्यालयका प्रमुख राजकुमार क्षेत्रीले जानकारी दिए ।

उनले आधा घण्टाका लागि मात्रै अरु उडान रोकेकाले त्यस पछि उडान अवतरण खुला भएको बताए । प्रधानमन्त्री ओलीको सवारीका कारण अहिले उपत्यकामा सडकमा पनि जाम बढेको छ । भीभीआईपीको सवारीका कारण गौशाला, चावहिल, एयरपोर्ट, माइतीघर मण्डला, थापाथालीलगायत ठाउँमा जाम छ ।

यसअधि पनि राष्ट्रपति विद्यादेवी भण्डारीको चीन उडानका कारण त्रिभुवन विमानस्थलको अन्य उडान चालिस मिनेट ठप्प भएको थियो ।

भिभिआइपी उडानको समयमा विमानस्थलमा बिहान १०ः४५ देखि नोटाम (नोटिस टु एइर म्यान) चालिस मिनेटका लागि जारी गरिएपछि अन्य सबै उडान होल्ड भएको थियो ।

त्सबेला सिचुआन एयरलाइन्सको जहाज ल्हासा नै फर्काइएको थियो ।