१३ असार २०८३, शनिबार
,
Latest
दरवाङमा सडक कालोपत्र गर्न थालियो काठमाडौंमा १८८ कन्या र कुमारको सामूहिक पूजा सम्पन्न (फोटो फिचर) सीप र बजारसँग जोडिँदा रत्ननगरका सीमान्तकृत महिला आत्मनिर्भर बन्दै संविधान गतिशील दस्तावेज भएकाले आवश्यकताअनुसार संशोधन हुनुपर्छः उपाध्यक्ष भण्डारी प्रतिपक्षका रचनात्मक सुझाव ग्रहण गर्न सरकारलाई प्रमुख सचेतक महरको आग्रह रास्वपा पतन हुन्छ, राप्रपाले आफूलाई बदल्नुपर्छः अध्यक्ष लिङदेन छ वर्ष लगाएर तयार गरियो प्रतिरक्षा विश्वविद्यालय स्थापनासम्बन्धी विधेयकको मस्यौदा तीन महिनादेखि निःशुल्क वितरण गरिने औषधिको अभाव नेपाललाई विश्व वित्तीय प्रणालीसँग जोड्ने क्रस रिभर बैंकको अभियान ५ वर्ष नाघेका मुद्दा शुन्यमा झार्ने लक्ष्यमा जेन–जी आन्दोलनले अवरोध गर्‍योः न्यायाधीश महेश शर्मा पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

अब पनि नसुध्रिए कांग्रेस समाप्त हुन्छः गगन थापा



अ+ अ-

काठमाडौं । नेपाली काँग्रेसका नेता गगनकुमार थापाले आफ्नो पार्टी अब पनि नसुध्रिए समाप्त हुने बताउनु भएको छ । 

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेता थापाले काँग्रेस नसुध्रिए समाप्त भएर जाने बताउनु भएको हो । उहाँले पार्टी सकिए आफ्नो र पार्टीका नौ लाख कार्यकर्ताहरुको भविष्य पनि समाप्त हुने बताउनु भयो । नेता थापाले नौ लाख पार्टीका कार्यकर्तालाई काँग्रेस सकिन्छ भन्ने डर लागेजस्तै नेपाली काँग्रेसको रुख चिन्हमा मत नहालेको मानिसलाई समेत काँग्रेस सकिन्छ भन्ने आवश्यक्ताको बोध गराउन सके मात्रै त्यसै विजयी बन्ने बताउनु भयो । उहाँले नेपाली काँग्रेस चुनाव जित्छौँ भनिरहँदा आम जनताले काँग्रेसले किन जित्नुपर्छ भन्ने कुराको बोध गराउन आवश्यक रहेको पनि बताउनु भयो । नेता थापाले चुनावभन्दा परको अवस्था हेरेर अघि बढेमा मात्रै काँग्रेस सबल बन्ने बताउनु भयो ।

नेता थापाले भन्नुभयो, ‘कसले बिगार्यो काँग्रेस भन्ने मात्रै होइन, कसले सुधार्छ काँग्रेस भन्ने मात्रै होइन, किन सुधार्ने काँग्रेस ? काँग्रेस सुध्रने भने के हुन्छ ? सुध्रेन भने काँग्रेस सकिन्छ । काँग्रेस सकियो भने के हुन्छ ? सकियो भने म नेपाली काँग्रेसको कार्यकर्ता भएकोले गर्दा मेरो सबै कुरा पार्टीसँग छ । मलाई चिन्ता लाग्ने सबै कुराहरु मेरा कुराहरु भए । हामी नौलाख पार्टीका कार्यकर्ताहरु छौँ । 

हाम्रो पार्टी नै सकियो भने हाम्रो अस्तित्व जोडिएको कुराको नाश हुने कुरा हो । नेपाली काँग्रेसको अहिलेको सबैभन्दा ठूलो चुनौति भनेको हामी नौ लाख मान्छेलाई काँग्रेस सुध्रियोस् भन्ने कुरा लाग्यो वा काँग्रेस सकिन्छ भन्ने कुराको डर लागे जस्तै नेपाली काँग्रेसलाई कहिल्यै मत नहालेको मान्छेलाई पनि काँग्रेस सुध्रिनुपर्छ भन्ने लाग्ने कुराको त्यसको आवश्यक्ताको बोध गराउन सक्यौँ भने हामी त्यसै विजयी भयौँ । नभए भएनौँ । हामी चुनाव जित्नुपर्छ भनेर लाग्नुभन्दा एउटा नागरिकले काँग्रेस किन सुध्रिनुपर्छ भन्ने कुरा थाहा पाउनु ठूलो कुरा हो ।’