९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

राष्ट्रपति मडुरोका विरोधी भेनेजुयाली विपक्षी नेता एडगर जाम्ब्रानो पक्राउ

राष्ट्रपति मडुरोका विरोधी भेनेजुयाली विपक्षी नेता एडगर जाम्ब्रानो पक्राउ
अ अ+ अ-

काठमाडौं । अघिल्लो हप्ता निकोलस मडुरोलाई पदच्युत गर्न गरिएको सैन्य विद्रोहको असफल आह्वानपछि भेनेजुयलाको गुप्तचर एजेन्सीले प्रमुख विपक्षी नेता एडगर जाम्ब्रानोलाई पक्राउ गरेको छ । पक्राउ गर्ने क्रममा एडगर गाडीबाट बाहिर निस्कन नमानेपछि, उनी सवार गाडीलाई तानेर लगिएको थियो ।

एड्गर विपक्षीको बहुमत रहेको भेनेजुयलाको संसद राष्ट्रिय सभाका उपाध्यक्ष हुन् । पक्राउको खबर एड्गर आफैंले ट्वीटरमार्फत सार्वजनिक गरेका हुन् । एड्गरका अनुसार देशको गुप्तचर एजेन्सी ‘सेविन’ ले उनलाई पार्टी मुख्यालयबाट पक्राउ गरेको हो ।

“गाडीबाट झर्न नमानेपछि तिनले एक गाडी तान्ने वाहन ल्याएर हामीलाई जबरजस्ती सेविनको मुख्यालयमा स्थानतरण गरे,” उनले भने ।

भेनेजुयलाको संविधान–सभाले मंगलबार एड्गर र अन्य पाँचलाई सांसदको रुपमा प्रदान गरिँदै आएको सुरक्षा विशेषाधिकार रद्द गरेको थियो । तिनलाई भावी दिनमा गरिने कारबाही सहज पार्न त्यसो गरिएको थियो ।

भेनेजुयलामा हाल दुईवटा संसद अस्तित्वमा छन् । नेसनल एसेम्बलीमा बहुमत गुमाएपछि मडुरोले संविधान–सभा गठन गरेर समानान्तर संसदको अभ्यास सुरु गराएका छन् । संविधान सभा मडुरो समर्थक छ ।

अप्रिल ३० मा संसदका अध्यक्ष र स्वघोषित राष्ट्रपति हुवा ग्वाइडोले सेनालाई मडुरोविरुद्ध उभिन आह्वान गरेका थिए । तर आह्वान अनुरुप सेना अघि नआएपछि प्रयास असफल भयो । मडुरो पक्षधरले विपक्षीको कदमलाई ‘कु’ प्रयास भनिरहेका छन् ।

“‘कु’का एक प्रमुख योजनाकार पक्राउ परेका छन्,” संविधान सभाका प्रमुख डियोस्डाडो क्याबेलोले सरकारी मिडियासँग बोल्दै भने ,“तिनले असफल ‘कु’ प्रयासको लागि अदालतमा मूल्य चुकाउनुपर्नेछ ।”

विपक्षी दलका नेताको पक्राउलाई स्वघोषित राष्ट्रपतिले अपहरणको संज्ञा दिएका छन् ।

भेनेजुयलाको संविधान–सभाले यस अघि नै ग्वाइडोको पनि संसदीय सुरक्षा हटाइसकेको छ । तर अमेरिकाले पूर्ण समर्थन व्यक्त गरेकाले उनीविरुद्ध भने हालसम्म कुनै कदम उठाइएको छैन ।

संचारमाध्यमका अनुसार हालसम्म विपक्षी दलका १५ सांसदलाई दिइदैँ आएको विशेषाधिकार रद्द गरिएको छ । तीमध्य तीनजना पक्राउ परिसकेका छन् ।