९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

कानुन व्यवसायीले नै झुक्याएर जग्गा आफ्नो नाममा लिएपछि…

कानुन व्यवसायीले नै झुक्याएर जग्गा आफ्नो नाममा लिएपछि…
अ अ+ अ-

बाँके । पछिल्लो समय भूमाफिया निकै सक्रिय भएका छन्। कानुनीराजको नै उपहास हुने गरी भूमाफिया सक्रिय भइरहँदा बाँके पनि अछुतो रहन सकेन। भूमाफिया र मालपोत कर्मचारीको मिलेमतोमा सरकारी जग्गा व्यक्तिका नाममा नामसारीका खबर सार्वजनिक भइरहेका बेला बाँकेमा एक कानुन व्यवसायीले झुक्याएर एक महिलाको जग्गा आफ्नो नाममा दर्ता गराएको तथ्य खुलेको छ।

डुडुवा गाउँपालिका–२ बेतहनीकी उषा कुर्मीको एक बिगाहा १५ कठ्ठा चार धुर जग्गा उच्च अदालत बार एशोसिएशन बाँकेका अध्यक्षसमेत रहेका कानुन व्यवसायी विकास आचार्यले आफ्नो नाममा गराएको पीडितले बताएकी छन्। बेतहनीकै नान भन्ने दुर्गाप्रसाद बर्मा, रामबहादुर बर्मा र आशाराम बर्माको मिलेमतोमा कानुन व्यवसायी आचार्यले उषाको करोडौं मूल्यको जग्गा आफ्नो नाममा गराएको पीडित कुर्मीको भनाइ छ।

उषाकी आमा लामो समयदेखि पायल्सको बिरामी छिन्। छिमेकी दुर्गा, राम र आशारामले जग्गा विक्री गरेर उपचार गराइदिने बताएपछि उषाले उनीहरूकै पहलमा आचार्यलाई दुई कठ्ठा साढे चार धुर जग्गा रु दुई लाख ५० हजारमा विक्री गरेकी थिइन्।

उषा लेखपढ गर्न नजान्ने भएपछि जग्गा पास गर्ने क्रममा रु २५ लाखमा एक बिगाहा १५ कठ्ठा चार धुर जग्गा विक्री गरेको सहीछाप गराएर करोडौं मूल्यको जग्गा झ्वाम पारिएको हो।

सो जग्गा उषाका बुवा जगदीशले यसअघि नै छोरीको नाममा नामसारी गरिदिएको बताए। उषाको नाममा रहेको कित्ता नं १८, २४, २०, ३१, ३२, ९८, १०८, १३२, १४४, १४९ र ५०८ गत २०७४ मङ्सिर १८ गते विकास आचार्यको नाममा पास भएको छ । दुर्गा, राम र आशारामले जग्गा विक्री गराइदिएपछि उषाकी आमालाई उपचार गराइदिन्छौं भन्दै उषा र उनका बुबालाई भारतमा लगेर करिब छ महिना उनीहरूले बन्धक बनाएको पीडितले बताइन्।

‘चिकित्सक आउँछ भन्दै हामीलाई एउटा घरमा बन्धक बनाइयो, तर चिकित्सक पनि आएनन् । ममाथि दुर्गा र रामले पटक–पटक बलात्कारसमेत गरें’, जसोतसो त्यहाँबाट भागेर वैशाख १० गते बेतहनी आएकी उषाले भनिन्, ‘भागेर ज्यान जोगायौं। घर आउँदा आफ्नो घरजग्गाको आम्दानी सोधखोज गर्दा, यो जग्गा तिम्रो होइन, विक्री भइसक्यो भनेर छिमेकीले भनेपछि आफू छाँगाबाट खसेजस्तै भएँ।’

अहिले उषा आफ्ना वृद्ध बुबाआमासँगै न्याय खोज्दै अड्डा अदालत र प्रहरी प्रशासन धाइरहेका छन्।

तर, कानुन व्यवसायी आचार्यले प्रक्रिया पुर्‍याएर आफूले खरिद गरेको बताए। सो जग्गा पहिले पनि अदालतमा रोक्का भएको र पछि आफूले पैसा बुझाएर फुकुवा गरी खरिद गरेको उनले बताए।

‘पीडितलाई पीरमर्का परेको भए, बसेर मिलाउन सकिन्थ्यो’, उनले भने, ‘तर अहिलेसम्म पीडित मसँग आउनुभएको छैन । यो मेरो पेशागत व्यवसायलाई धमिल्याउने खेल भएको छ।’

केही दिनअघि आचार्यकै ल फर्मबाट अख्तियारले रु तीन लाख घूससहित उच्च अदालत नेपालगञ्जका टाइपिष्ट नायबसुब्बा कृष्णकुमार पाठकलाई पक्राउ गरेको थियो ।