६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

जर्मनीमा प्रदूषण कम गर्न इलेक्ट्रिक हाइवे



अ+ अ-

काठमाडौं । जर्मन सरकारले गाडीबाट फैलिने प्रदूषण कम गर्नका लागि नयाँ तरिका अपनाएको छ । पहिलो पटक जर्मनीमा ६ करोड डलरको लागतमा इलेक्ट्रोनिक हाइवे तयार हुँदैछ ।

भर्खरै फ्र्याङ्कफर्ट एयरपोर्ट र नजिकैको औद्योगिक पार्कको बीच १० किलोमिटर लामो हाइवेमा यसको परीक्षण पनि गरिसकेको छ । यसमा कम्पनीले तयार पारेको ट्रक दौडाइएको थियो, जो ट्रेन इन्जिनजस्तै सडकमाथि लगाइएको केबलबाट बिजुलीको सहायतामा चल्छ ।

यो प्रणालीलाई जर्मनी कम्पनी सिमेन्सले विकसित गरेको हो । वैज्ञानिकहरुका अनुसार, यो प्रणालीले प्रदूषण कम गर्नका लागि सहयोग गर्नेछ । ट्रकमा मोटर लगाइएको छ, जुन केबलबाट बिजुलीको सहायतामा चल्छ । विद्युतीय केबलको ऊर्जाबाट ट्रक ९० किलोमिटर प्रतिघण्टाको गतिमा दौडन सक्छ ।